पोखरा १४ असार /पोखराको चिप्लेढुङगामा रहेको निरमाया दोहोरी साँझले १२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको निरमाया सुमधुर सांझ कार्यक्रमको दोश्रो दिन मंगलबार दोहोरीमा आएका ग्राहकहरुलाई आफ्नो प्रस्तुती मार्फत भरपुर मनोरन्जन प्रदान गरिन ।
शुरुमा एकल गितबाट आफ्नो प्रतिभा प्रस्तुत गरेकी शर्मिलाले मंगलबार सांझ दोहोरी सांझमा आधा दर्जन दोहोरी तथा सालैजो गीतको प्रस्तुतीबाट दोहोरीमा आएका ग्राहकहरुलाई मनोरन्जन प्रदान गरेकी हुन । शर्मिला गुरुङ संगै दोहोरीमा आएका ग्राहकहरुले दोहोरी समेत प्रस्तुत गरेका थिए ।
सुमधुर सांझमा चर्चित कलाकार शर्मिला गुरुङ संगै दोहोरी सांझका नियमित कलाकारहरु टेक क्षेत्री, निश्चल दवाडी, सरण गुरुङ, सुरज थापा, दिवश थापा, इन्द्रा गुरुङ, सरिता थापा, रमा राना, निता गुरुङ, तारा गदाल, जौ माया हिताङ, कल्पना आले मगर, सुशिल गायक, सञ्जय गायक, राकेश गुरुङ र रन्जन गायकको प्रस्तुती रहने छभने युना गुरुङको आकर्षक नृत्यले दोहोरी पारखीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।
निरमाया दोहोरीले आफ्नो १२ औ वर्ष प्रवेशको अवसरमा प्रत्येक ग्राहकलाई १२ प्रतिशत छुट प्रदान गरेको दोहोरी संचालक हिरा पुनले जानकरी दिए । दोहारीको वार्षिकोत्सवमा बुधवार चर्चित लोकदोहोरी गायक कुमार पुन र बिहीबार प्रीति आलेको प्रस्तुती रहने समेत पुनले जानकारी दिए ।