अमनले सात चरित्रको भुमिकामा अभिनय

पोखरा,९ असार/अमन विक्रम थापाले सात चरित्रमा अभिनय गरेको म्यूजिक भिडियो हाईलाईट्स नेपालले आइतबार रिलिज गर्ने भएको छ । पोखराका अमन विक्रम थापा सानै उमेर देखि समाज सेवा गर्दे हुर्केका थापा २४ वर्षमा टेकेका छन् । तर उनको समाज सेवा प्रतिको लगाव र शरिरको आकार हेर्दा २४ वर्षको जस्तो लाग्दैन् । अमन विक्रम अभिनयमा पनि प्रखर छन् ।

पोखराका नाम चलेका धेरै होटल रेष्टुराको विज्ञापनमा अभिनय गरेर सबैको वाह वाही पाएका उनी अषिम जङ्ग कार्कीको स्वरमा रहेको “जिवनको बाटो”बोलको गीतमा पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेको छ ।

उनै थापाले अभिनय गरेको म्यूजिक भिडियो आइतबार हाइलाईस् नेपालले पहिलो पटक यूट्युबबाट रिलिज गर्दे छ । यस म्यूजिक भिडियोको लागि उनले आफ्नो ७० केजि को शरिरलाई ८२ केजी बनाउनु परेको थियो । यति धेरै मेहेनेत गरेको म्युजिक भिडियो निकै धेरैले मन पराउनेमा उनी ढुक्क छन् ।

अषिम जङ्ग कार्कीको स्वर, नेत्र गुरुङको सम्पादन ,सुरज श्रेष्ठको छायाँकन ,सुवाष सुवेदीको निर्देशनमा बनेको म्यूजिक भिडियोमा अमन विक्रम थापा ,स्रिष्टिका गुरुङ ,अंकिता सापकोटा , प्रियंका श्रेष्ठ , सुलोचना शाक्य लगायतका स्थानीय कलाकारको अभिनय रहेको छ ।

हालै सम्पन्न निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर पदका प्रत्यासी र लस सोसाईटीका अध्यक्ष समेत रहेका थापाले अब छिट्टै“लस सोसाईटी ग्याङ्ग स्टार” फिल्म समेत निर्माण गर्ने तयारीमा जुटेका छन् ।

कमेन्टहरु
Loading...