सुमिनको निर्देशनमा ‘रुम नम्बर ३०६’

पोखरा, १३ चैत /पछिल्लो समयमा लघु चलचित्र बनाउने क्रम संगै पोखराकायुवाकलाकार सुमिन गुरुङको निर्देशनमा लघुचलचित्र ‘रुम नम्बर ३०६’ बन्ने भएको छ । शनिबार केदारेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच लघु चलचित्र रुम नम्बर ३०६ को शुभमुर्हुत गरियो ।

अभिनयमा पोख्त गुरुङले यस अघिपनि केहीलघु चलचित्र बनाइसकेकाभएपनि यो भने अल्लि फरक बिषय बस्तुमा बन्ने उनले दाबि गरेका छन् । चलचित्रले पारिबारिक प्रेम कथालाई बोकेको मात्र नभएर पारिवारको कारण आफ्ना छोरा छोरी कसरी बिग्रनपुगेका छन् भने कथालाई मुख्यबिषयबस्तु बनाईको निर्माण पक्षले जनाएको छ ।

निर्देशक गुरुङका अनुसार लघु चलचित्र भनिएता पनि पछि यो हल सम्म लगेर सो गराउने खालको बनाउन लागेको बताए । उनले भने यो कथा बस्तुले समाजिक यतार्थता दर्शाएको छ, यसलाई हल सम्म लगेर देखाउने हाम्रो प्रयास रहने छ ।
सुन्दैमा रोमन्टिक र उत्तेजक शिर्षक रहेतापनि अरुले सोचेजस्तो कथाबस्तु नरहेको रुम नम्बर ३०६ का स्कृप्ट राईटर सुबास अम्गाईले बताए , अम्गाईका अनुसार कतियले भोगेका, सुनेका र पढेका बिषय बस्तु नै कथाको रुप रहेको बताए ।

लघुचलचित्र ‘रुम नम्बर ३०६’ मा सन्दिप खनाल र किसान पौडेलको छायंकन, सुबास अम्गाईको लेखन तथा सम्पादन , डन्ट लाफ प्रोडक्सनको सहकार्यमा आरएनएस मोसन पिक्चर्सको प्रस्तुती रहने छ । सुमिन गुरुङ, आर एन ढकाल रघु, संकल्प चापागाई, प्रबिन अधिकारी, सितला अधिकारी, कन्चन पाण्डे लगायत दर्जन कलाकारहरुको अभिनय देख्न सकिने र पोखरा आसपासमै यसको छायंकन गरिने निर्देशक गुरुङले बताए ।

कमेन्टहरु
Loading...