बिग आइकन उत्कृष्ट ७ जना बाँकी

पोखरा, २० फागुन /उत्कृष्ट १० मध्ये सबैभन्दा जेठो प्रतिस्पर्धी  दिनेश बराल बिग आइकनको दौडबाट बाहिरिएका छन् । क्लासिकल शैलीका पुराना गीतहरु गाउँदै आएका बराल बाहिरिएसँगै शुक्रबार बिग आइकन अन्तरगत बाँकी ७ जना प्रतिस्पर्धीले अघिल्लो राउण्डका लागि प्रस्तुती दिए । सरकारी जागिरे समेत रहेका बराल विरौटामा बस्दै आएका छन् ।

बिग आइकन उत्कृष्ट ७ जना बाँकी
बिग आइकन उत्कृष्ट ७ जना बाँकी

संगीतप्रति निकै लगाव राख्ने बरालले बिग आइकनको यो मञ्चमा सहभागिता जनाएको यो पहिलो पटक हो । ३६ वर्षिय बराल अधिकृत सरहका कर्मचारी हुन् । ‘मलाई सुगम संगीतप्रति विशेष लगाव छ । म त्यस्तै खाले गीत सुन्न र गाउन चाहन्थे । त्यतिकैमा मैले बिग आइकनको मञ्च पाएँ । र, यहाँसम्म आईपुगेँ ।’ बाहिरिने क्रममा बरालले भने–‘पहिलो सहभागिता भएपनि यो मञ्च मेरो लागि विशेष रह्यो ।’

बिग आइकनमा सहभागी भैसकेपछि संगीतसम्बन्धि धेरै कुरा सिक्ने मौका पाएको बताउँदै आगामी दिनमा पनि संगीतमा केहि गर्ने लक्ष्य सहित आफु अगाडि बढेको बताए । उनले बिग एफएम र निर्णायकहरुलाई धन्यबाद दिनुका साथै आइकन बन्ने दौडमा बाँकी रहेका अन्य प्रतिस्पर्धीलाई शुभकामना समेत दिन भ्याए । यस अगाडिको चरणमा सलोमी गुरुङ प्रतियोगिताबाट बाहिरिएकी थिईन् ।

बराल बाहिरएसँगै अब प्रतियोगितामा लेखनाथकी सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ ।

कमेन्टहरु
Loading...