पोखरामा मिस हेल्थ प्रफेक्सन हुने

पोखरा २६, माघ /पोखरामा मिस हेल्थप्रफेक्सन २०१७ हुने भएको छ । पोखराबाट प्रकासनहुदै आएको स्वास्थ्य मासिक पत्रिका हेल्थ अपडेटको आयोजनामा प्रतियोगिता हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

आगामी वैशाख दोश्रो हप्तामा प्रतियोगिताको फाईनल हुने भएको छ भने प्रतियोगितामा सहभागिहरुको लागि माघ २७ गते बिहीबार देखि फारम वितरण सुरु हुने भएको प्रवक्ताउपेन्द्र अधिकारीले बताए । स्वास्थ्य क्षेत्रमाकार्यरत १८ देखि २८ बर्ष उमेर समुहका महिलाहरुको व्यक्तित्व तथा नेतृत्व एवं पेशागत गुणस्तरीयताको विकास गराउने उद्धेश्यले प्रतियोगिता पोखरामा आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा.अनिलबाबु पराजुलीले बताए ।

उनका अनुसार प्रमाणपत्र तह उत्र्रिण गरेकातथा सो भन्दा माथि अध्ययन गरेका चिकित्सकएवं स्वास्थ्यकर्मी महिलाहरुले प्रतियोगितामा सहभागिहुन सक्छन ।  उनले भने “ प्रमाणपत्र तह देखि स्नातकोत्तर सम्मका,नर्सिङ, फार्मेसी, ल्याव, रेडियोग्राफी, एच.ए., टेण्टल, आर्युवेद, होमियोपेथी, चिकित्साअध्ययन गरेकामहिलाहरुले फारम भर्न सक्नेछन ।” यस प्रतियोगिताले स्वास्थ्यकर्मी महिलाहरुलाई शसत्तिकरण गराउनपनिथप टेवापुग्ने पराजुलीले बताए ।

स्वास्थ्य क्षेत्रमा लागेका महिलाहरुको बौद्धिक तथा पेशागत सिप विकासको लागिउक्तप्रतियोगिताकोसेढुङगा सावितहुने सम्पादकऋषि खतिवडाले बताए । एवी केयर हस्पिटलको संयोजनमाहुनलागेको प्रतियोगितामाअवकास मेन्टल म्याथ, व्लु रेज प्रा.लि., ‘नेचर केयर, युनिक्याम्पस, लगायतका संस्थाले सहयोग गर्ने भएकाहुन ।

 

कमेन्टहरु
Loading...