पोखरा, ९ माघ /पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको १९ औँ शृङ्खला काठमाडौँमा सम्पन्न भएको छ । पोखरामा व्रिmयाशील अनुपम म्युजिक, जे.ई. म्युजिक एकेडेमी र त्रिवेणी सङ्गीतालयको आयोजनामा मासिक रुपमा हुँदै आएको यात्राको सो शृङ्खला सांस्कृति संस्थान (राष्ट्रिय नाच घर)को प्रबद्र्धनमा काठमाडौँ सञ्चालन गर्ने चाँजोपाँजो मिलेको अनुपमका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिनुभयो ।
त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले पोखराले वाङ्मयिक क्षेत्रमा विभिन्न अभियानहरुका माध्यमबाट महत्त्वपूर्ण उपस्थिति जनाउँदै आएको बताउनुभयो । आफूले पोखराबाटै सञ्चालन गरेको संरक्षण कविता आन्दोलनको स्मरण गर्दै सरुभक्तले सुगम सङ्गीत यात्राले नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ आयाम थपेको बताउनुभयो । ‘नयाँ कलाकारहरुलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने यात्राको उद्देश्य साँच्चै प्रशंसा गर्नलायक छ’ उहाँले भन्नुभयो, ‘यसले नेपाली वाङ्मयलाई केही दिन्छ भन्नेमा म विश्वस्त छु ।’ आफू संलग्न प्रतिष्ठानबाट पनि यस्ता कार्यव्रmमहरु आयोजना गर्न पहल गर्ने उहाँको भनाइ थियो ।
कार्यव्रmमका विशेष अतिथि सांस्कृति संस्थान (राष्ट्रिय नाच घर)का महाप्रबन्धक राजेश थापाले पोखराबाट सञ्चालित साङ्गीतिक अभियानबाट आफूहरु प्रभावित भएर आफ्नो संस्थाले प्रबद्र्धन गरेको बताउँदै काठमाडौँमा पनि यस्ता कार्यव्रmम गर्न पहल गर्ने बताउनुभयो । अर्का विशेष अतिथि प्रा.डा. कृष्णहरि बरालले यस्ता कार्यव्रmमका लागि बजेट नै विनियोजन गर्न सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग माग गर्नुभयो । कार्यव्रmममा सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष लक्ष्मण शेष, सोही संस्था र रोयल्टी सङ्कलन समाजका महासचिव महेश खड्का, सङ्गीतकार वसन्त सापकोटा, गायिका लोचन भट्टराईलगायतले बौद्धिक सम्पत्ति संरक्षण गर्न र रोयल्टी दिने व्यवस्था गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यव्रmममा रामभक्त जोजिजू, वसन्त सापकोटा, गङ्गाधर पराजुली, सागर साइँला, भविन ढुङ्गाना, सी.डी. विजय अधिकारी, तारा श्रीष, प्रज्ज्वल भित्रिकोटी, दुर्गा परियार, मुन्ना गुरुङ, रुद्रनाथ ताम्राकार, सिद्धान्त परियारलगायतले आफ्ना साङ्गीतिक प्रस्तुती राख्नुभएको थियो । जे.ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजूले स्वागत गर्नुभएको कार्यव्रmमको सञ्चालन अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले गर्नुभएको थियो । कार्यव्रmममा सङ्गीतकार सङ्घ नेपालले विशेष सहयोग गरेको थियो । यसअघि कास्कीका विभिन्न ठाउँ, पर्वत, तनहुँ, दार्जिलिङलगायतका ठाउँमा यात्राका शृङ्खलाहरु सम्पन्न भएका छन् ।