पोखरा, ५ पुष /पोखरामा पुष ६ गतेदेखि ८ गतेसम्म हुने ’दोस्रो पोखरा अन्तर्रा्ष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ को तयारी पूरा भएको छ । पोखरा फिल्म सोसाइटीले पोखरा सभागृहमा आयोजना गर्ने चलचित्र महोत्सवमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गरी ५२ चलचित्रहरूको प्रदर्शनी गरिने छ । प्रर्दशनीमा नेपाल लगाएत २२ देशका चलचित्रहरुको सहभागिता रहेको सोमबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा पोखार फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले बताए । महोत्सवमा भुकम्पको केन्द्रविन्दु रहेको वारपाकको संगीत र खेलकुदका कारण सामान्य जिवनमा फर्केको विषयमा केन्द्रित रहेर निमार्ण गरिएको वृत्तचित्र क्यलनको प्रर्दशनबाट सुरु हुने उनले बताए ।
महोत्सवको अन्तिम चलचित्र जुम्लाको विकट सिंजा क्षेत्रमा रहेका एक वृद्ध दम्पती जो गाँउका सवैले गाँउ छाडेर गए पछि आफुँहरु के गर्ने भन्ने दुविधामा रहेको अवस्थाको चित्रण गरेर निर्माण गरिएको दाद्या प्रर्दशन गरिने छ । महोत्सवमा पोखराको तीन वटा चलचित्र समेत समावेस भएका छन् । महोत्सको पहिलो दिनमा १२ फिल्म, दोश्रो दिन २० र तेस्रो दिनमा २२ चलचित्रहरु प्रर्दशन गरिने छ । विहान १० वजे देखि वेलुकी ६ः०० सम्म नियमित प्रर्दशनी हुने छ ।
महोत्सवकै क्रममा मुख्य कार्यक्रम बाहेक पहिलो दिन ६ गते वेलुकी ६ः०० वजे लेकसाईडको वाराही चोकमा खुल्ला प्रर्दशनी गरिने छ भने दोश्रो दिन रामवजारको राममन्दिर चोकमा खुल्ला प्रर्दशनी समेत गरिने छ । महोत्सवको दोश्रो दिन नेपाली चलचित्रमा हिमाली जनजिवनको चित्रण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने छ । आउँदो बैसाखमा ‘पोखरा अन्तर्रा्ष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ कार्यक्रम अन्तर्गत नै नेपालका केही हिमाली भेगहरू जोमसोम, घान्द्रुक, घले गाउँ र मनाङमा स्थानिय क्लवहरुको सहकार्यमा महोत्सवबाट छनौंटमा परेका केही चलचित्रहरूको प्रदर्शनी समेत गरिने उनले जानकारी दिए ।
चलचित्र महोत्सवका लागि १ सय भन्दा बढी देशका ६ सय भन्दा बढी चलचित्रहरूले सहभागिताका लागि आवेदन दिएका थिए । जसमध्ये यो बर्षको महोत्सवमा ५२ चलचित्रहरू छनौट गरेको जानकारी दिए । जसमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन जस्ता चलचित्रहरू समेटिएका छन् । पर्वत वा हिमाली क्षेत्र आसपासका संस्कृति, आदीवासी जनजातीको जनजिवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको सम्वर्धन र प्रवर्धनमा चलचित्र मार्फत जनचेतना अभिवृद्धि गर्न सोही विषयवस्तुमा बनेका राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय चलचित्रहरूको प्रदर्शनी गरिनु ‘पोखरा अन्तराष्ट्रिय पर्वत चलचित्र महोत्सव’ को मुख्य उद्देश्य रहेको छ ।