मिस गण्डकीका शुन्दरी प्रतियोगीहरुले प्रतिभा देखाउदै

पोखरा, ४ पुष/रियल इभेन्ट म्यानेज्मेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजनामा पोखरामा भई रहेकोे तेश्रो संस्करणको “मिस गण्डकी सिजन ३” को सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । प्रतियोगीताका १८ जना प्रर्तिस्पर्धीले शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा नृत्य, गायन, हास्य प्रहशन, अभिनय र बौद्धिक कला जस्ता प्रस्तुतीहरु प्रर्दशन गरेका थिए ।

प्रतियोगिताको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रममा निर्णायकहरुमा नृत्य निर्देशक तथा पोखरा कला केन्द्रका संञ्चालक राहुल थापामगर, सञ्चारकर्मी एवं मिसेस तीज २०६८ रोजी श्रेण्ठ र सञ्चारकमी उत्तम पौडेल निर्णायकको रुपमा रहेका थिए ।
यहि पुसको १६ गते शनिबारको दिन पोखरा सभागृह हलमा बिबिध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रर्तिस्पर्धा हुदैछ ।

आई.एफ.सी. फेशन कलेजका १८ जना ड्रेस डिजाइनरहरुको कलात्मक डिजाइनमा सजिएका प्रतियोगी मध्येबाट मिस गण्डकी सिजन ३ की उपाधी विजेताले उपाधीको क्राउन सहित एक लाख असी हजार रुपैयाँ बराबरको स्कुटर र आर्कशक पुरस्कार पाउनेछिन त्यस्तै फस्ट रनर अपले पचास हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र सेकेण्ड रनर अपले पच्चीस हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कारको साथै अवार्ड, ट्रफी र प्रमाण पत्र आदी पाउनेछन् भने अन्य उप–विद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्था रियल इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक सुशिल पोखरेलले जानकारी गराए ।

मिस गण्डकी जस्ता ब्युटी प्याजेन्टका कारण कैयौं युवतीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई उनिहरुको ब्यत्तित्व तथा नेत्तृत्व बिकासमा टेवा पुग्ने कुरामा आफु पूर्ण सहमत रहेको जानकारी गराउदै कार्यक्रमका प्रमुख अतिथि एवं युवा ब्यबसायी इन्द्र कुँवरले आगामी सिजनमा पनि आफ्नो संस्थाको तर्फबाट स्कुटर प्रायोजनलाई निरन्तरता गर्ने घोषणा समेत गर्नुभयो ।

कमेन्टहरु
Loading...