लौ चोलेन्द्र पौडेललाई काली मन पर्छ (भिडियो सहित)

पोखरा, ६ कार्तिक /लोकदोहोरी गायक चोलेन्द्र पौडेलको लय, शब्द र स्वरमा काली मन पर्छ लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । रक्षा म्युजिक दोहोरी काली मन पर्छको भिडियो युट्युब मार्फत सार्वजनिक गरेको हो ।

चोलेन्द्रलाई गायिका निशा पोख्रेलले साथ दिएकी छिन् । भिडियोमा शंकर बिसी र सारिका घिमिरेको अभिनय रहेको छ भने निर्देशन शंकर बिसीलेनै गरेका छन । भिडियोको छायांकन राजेश घिमिरेले गरेकाछन भने नबीन घर्तिमगरले सम्पादन गरेका छन । कृष्ण फिल्मस एण्ड एड्भरटाइजिङले यसको दृश्य निर्माण गरेको छ ।

गायक चोलेन्द्र पौडेलले यसअघि जाउ डांडै काटेर, पानी मुनि मुनि, चड्यो चड्यो जवानी, हुन्छ भने हुन्छभन, अली अली रंग छ , चौपट्टै मन प¥यो, गैरा गाउकी बाटुली , सेतीमाथी पुल र किन हुन्छेउ उत्ताउली जस्ता एल्वमहरु बजारमा ल्याइसकेका छन् ।

कमेन्टहरु
Loading...