मिस गण्डकी सिजन ३ का लागि १४ युवती छनौट

पोखरा, ३१ भदौ /रियल इभेन्ट म्यानेजमेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजना पोखरामा हुदै गरेको मिस गण्डकीको तेश्रो संस्करणको पहिलो अडिशन पोखरामा सम्पन्न भएको छ ।

अडिशनमा गण्डकी अञ्चलका जम्मा १४ जना शुन्दरीहरुले अन्तरबार्ताको आधारमा अडिशन दिए । प्रतियोगिताकी बिजेताले स्कुटर र चाँदीको क्राउन पाउनेछिन् । मिस गण्डकीको तेश्रो संस्करणको दोश्रो अथवा अन्तिम अडिशन असोजको १४ गते हुनेछ ।

कार्यक्रमलाई गत बर्ष जस्तै टेलिभिजन रियालिटी शो बेसमा गरिने कार्यक्रम संयोजक प्रदिप ढुंगानाले जानकारी गराए । प्रतियोगिताको कोरियोग्राफी सञ्चारकर्मी सुरज थापाले गर्नेछन् । तेश्रो संस्करणको प्रायोजकहरुको बिषयमा अर्को हप्ता पत्रकार सम्मेलन मार्फत जानकारी गराईने रियल इभेन्ट म्यानेज्मेन्टका प्रबन्ध निर्देशक शुशिल पोखरेलले जानकारी गराए ।

कमेन्टहरु
Loading...