पोखरा, २० भदौ /लिटिल स्टेप उच्च मावि र पोखरा लिङ्कन इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा हुने माध्यमिक विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कायव्रmमको तयारी पुरा भएको छ ।
भदौ २३ गते ३७ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका सन्दर्भमा पोखरा सभागृहमा हुने प्रतियोगिताका लागि अडिसन राउन्डबाट उत्कृष्ट १० टीम छनोट भइसकेका कार्यव्रmम व्यवस्थापक संस्था अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिनुभयो ।
सोही कार्यव्रmममा संविधानविद् तथा गायक÷सङ्गीतकार भीमार्जुन आचार्यलाई पोखरा लिङ्कन इन्टरनेशनल सङ्गीत सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । कार्यव्रmममा अडिसन राउन्डबाट छानिएका कसमस इन्टरनेशनल कलेज, लक्ष्मी आदर्श, लिटिल स्टेप, सगरमाथा मेरिगोल्ड, कास्की मोडनाइज्ड एकेडेमी, सगरमाथा (बी), स्पाइरल ग्यालेक्सी, बेथानी र सिर्जना उच्च माविका कलाकारहरुले नृत्य प्रस्तुत गर्ने छन् ।
साथै, गायक कर्म ग्याल्छेन, रामभक्त जोजिजू, इतु जोजिजू, तेज गुरुङलगायतको साङ्गीतिक प्रस्तुती पनि रहने कार्यव्रmम संयोजक एवम् आयोजक संस्थाद्वयका संस्थापक शेरबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले कक्षा ११ र १२ मा अध्ययनरत छात्र÷छात्राहरुको नृत्य प्रतिभालाई प्रस्फुटन गराउने र सडक बाल बालिकालाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।