यस वर्षका ९ उत्कृष्ठ तीज गीत (भिडियो सहित )

नेपाली महिलाहरुको पर्व हरितालिका तीज पर्वमा गीत संगितको विशेष महत्व हुने गर्दछ । पहिले पहिले महिलाहरुले आफ्नो दुःख पीडा बिसाउने वा भुलाउने माध्यमका रुपमा तीज गीत गाउने गर्दथे । समयसँगै समाज खुला भइसकेको छ भने समाजमा पुरुष र महिलाबीचको दुरी कम भएको छ ।

तर तीजमा गीत संगितको महत्व भने अझै बढ्दै गएको छ । आधुनिक समयमा तीज गीत पर्व विशेष मनोरञ्जनको माध्यमका रुपमा लिइन थालेको छ । त्यसैले त तीज पर्व सुरु हुनुपूर्व नै तीज विशेष गीतहरु बजारमा आउने गरेका छन् । सँधैको वर्ष झैं यसवर्ष पनि दजनौं तीज गीत बजारमा सार्वजनिक भएका छन् ।

चर्चित गायक गायिका देखि लिएर नव प्रवेशीले सम्म यो माहोललाई अर्थोपार्जन तथा आफ्नो गायन प्रतिभा प्रष्फोटन गर्ने समयका रुपमा सदुपयोग गर्ने श्रृंखला यस वर्ष पनि जारी छ । दजर्नौ तीज गीत मध्ये युट्युव र समाजमा हिट् भएका यी ९ गीत ।

लाष्टै चोटी हो
अघिल्लो वर्षहरुमा जस्तो यो वर्ष पनि कोमल ओलीको गित हिट् छ । पोई चाहियो भन्ने गीत गाएर चर्चामा आएकी गायिका कोमल ओली यसवर्ष पनि पोइकै गीत गाएर चर्चामा छिन् । पशुपति शर्माले तयार गरेको गीतमा उनले पोई ‘चाहियो भन्ने अन्तिम पटक हो’ भनेकी छिन् । पशुपति शर्माको शब्द संगितमा तयार पारिएको गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् । करिब २ महिना अघि युट्युव सार्वजनिक गरिएको यो गीत यो लिष्ट तयार पार्दासम्म २१ लाख भन्दा बढिले हेरिसकेका छन् ।

दुम्सी काँडे जुँगा
बेला बेलामा चर्चामा आउने गायिका तथा मोडल ज्योती मगर सर्वाधिक हिट तीज गीत लिष्टमा छ । एकनारायण भण्डारीको शब्दमा तयार गीतमा ज्योतीले आफ्नो पोई बुढो भएको भन्दै माइतबाट घर फर्कन नपरोस् भनेर आफ्नो माइती सगँ गरेको बिलौना गीतमा छ । शंकर बिसिको निर्देशनमा तयार पारिएको भिडियोलाई एक महिना अघि युट्युवमा सार्वजनीक भएको हो । यस गीतलाई यो लिष्ट तयार पार्दासम्म १२ भन्दा बढिले हेरी सेका छन् ।

मै छोरी सलल
वर्षमा थोरै गीत र निकाल्ने तर हिट गायिका विष्णु माझीको गीत हो मै छोरी सलल । सुन्दरमणी अधिकारी शब्द संगितमा विष्णु माझीले गायकी हुन् । विवाह पछि छोरीले भोग्नु पेरेको व्यथालाई गीतमा समेटिएको छ । दुई हप्ता पहिले दुईवटा युट्युव च्यानलमा राखीएको गीत अहिले सम्म ६ लाख भन्दा बढिले हेरी सेकेका छन् ।

https://www.youtube.com/watch?v=jNTQXx1joLE

बत्ति बाल्नै पर्दैन
पशुपति शर्मा र सम्झना भण्डारीको बत्ति बाल्नै पर्दैन युट्युवमा हिट हुने तीज गीतको सूचीमा छ । पशुपति शर्माको शब्दमा तयार आफ्नी मायालुको सुन्दरताको बयान गरिएको छ । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको यस गीतको भिडियो करिब दुई महिनाअघि युट्युवमा पोष्ट गरिएको थियो । अहिले सम्म १२ लाख बढिले हेरी सकेका छन् ।

बुहारी सुत्केरी भईछे
त्यसै गरि गायक पशुपति शर्माको गीत बुहारी सुत्केरी भईछे पनि हिट् लिस्टमा छ । पशुपति शर्मा र शान्ति श्री परियारको संयुक्त स्वर रहेको गीतमा शर्मा कै शब्द रहेको छ । दुर्गा पौडेलको निर्देशनमा तयार भएको गीतलाई करिब डेढ महिना अघि युट्युवमा सार्वजनिक गरिएको हो । यो गीतमा ११ लाख बढिले हेरेका छन् ।

पंखा चलाईदेउ
लोडसेडिङलाई व्यङ्ग्य गरिएको यो गीतमा रमिला न्यौपाने र खुमन अधिकारी को स्वर रहेको छ । बाबुराम बोहोराको शब्द रहेको यो गीतको भिडियोलाई शंकर बिसिले निर्देशन गरेका छन् । २ महिना अघि युट्युवमा सार्वजनीक गरिएको यो गीतलाई ९ लाख बढिले हरेका छन् ।

भगेरी चरीले
खुमन अधिकारी र सिलु भट्टराई स्वरमा रहेको भगेरी चरीले पनि यो वर्षको तीजको हिट् गीतमा छ । कृष्ण बाबुको शब्द र खुमन अधिकारीको संगित रहेको छ । यस गीतको निदेशन विष्णु भट्टराईले गरेका छन् । युट्युबमा ९ लाख बढिले हेरि सकेका छन् ।

नक्कलीले खायो मेरो देश
पशुपति शर्मा र गिता भट्टराईको स्वर रहेको गीत नक्कलीले खायो मेरो देश हिट् लिस्टमा छ । देशमा देखीएका नक्कलीहरुको बारेमा गीत उल्लेख छ । पशुपति शर्माको लय तथा शब्द रहेको छ । शकर विसिको निर्देशमा रहेको गीत युट्युबमा ६ लाख बढिले हेरेका छन् ।

चाइनाबाट तेल
धनकुमारी थापा, दिपा राई र मनोज सिंह धामीको स्वर रहेको चाइनाबाट तेल पनि यस वर्ष चर्चामा रहेको छ । प्रधान मन्त्री केपी ओली हुदा देखाएका आस्वासनलाई गीतमा छेड् हानेका छन् । मनोज सिंह धामीको शब्द तथा संगित रहेको यो गीत ३ लाख बढिले हेरेका छन् ।

कमेन्टहरु
Loading...