पोखरा, १६ भदौ/कल्याण शेरचन स्मृति प्रतिष्ठानले बुधवार एक कार्यक्रम आयोजना गरी हालै मनोनित हुनुभएका प्रतिष्ठानका सल्लाहकारहरुलाई स्वागत सम्मान गरेको छ । सल्लाहकारहरुलाई प्रतिष्ठानकी प्रमुख संरक्षक सर्मिला शेरचन र प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर गुरुङ ह्योल्मोले खादा लगाएर स्वागत सम्मान गर्नुभएको हो ।
प्रतिष्ठानको बैठकले सल्लाहकारहरुमा खेमबहादुर गुरुङ, बिमल शेरचन, इन्द्रबहादुर शेरचन, शिवकुमार रञ्जित, बुद्धिमान गुरुङ धम्पु, महेश गुरुङ, विश्वमोहन गौचन, मेनकाजी गुरुङ, दीपेन्द्र श्रेष्ठ, नारायणप्रसाद शर्मा, टिकाबहादुर कार्की, नारायण रायमाझी, क्षेत्रबहादुर गुरुङ, हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, हेमबहादुर गुरुङ र हुमबहादुर गुरुङलाई सल्लाहकारमा मनोनयन गरेको थियो ।
यसरी नै प्रतिष्ठानले स्वर्गीय कल्याण शेरचनाका कृतिहरु संकलन गर्न सल्लाहकार शिवकुमार रञ्जितको संयोजकत्वमा क्षेत्रबहादुर गुरुङ, नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने र जीवन दाहाल सदस्य रहेको उपसमिति गठन गरेको छ । यसैगरी प्रतिष्ठानको गतिविधी प्रचार प्रसार र जानकारी गराउन उपाध्यक्ष ज्ञानबहादुर थापाको संयोजकत्वमा सचिव श्रीजंग गुरुङ र कोषाध्यक्ष प्रदिप गौचन सदस्य रहेको उपसमिति समेत गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर गुरुङ ह्योल्मोले प्रतिष्ठानको गतिविधीको र आगामी कार्य योजनाबारे जानकारी दिनुहुदै स्वर्गीय लोकस्रष्टा कल्याण शेरचनको योगदान प्रचार प्रसार र कृतिको खोजी संरक्षण गर्दै सामाजिक सेवामा संस्था क्रियाशील रहने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक नरबहादुर शेरचन र सल्लाहकारहरु मध्येबाट थकाली सेवा समिति पोखराका अध्यक्ष विश्वमोहन गौचनले मन्तव्य व्यक्त गर्नुहुदै स्रष्टाको सम्मानका लागि कल्याण शेरचन स्मृति प्रतिष्ठानले गरेको हरेक गतिविधीहरु प्रभावकारी बनाउन आग्रह गर्नुहुदै लोक स्रष्टालाई प्रतिष्ठानले मात्रै नभई राज्यको तर्फबाट पनि सम्झनुपर्ने बताउनुभयो । कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानबहादुर थापा र संचालन श्रीजंग गुरुङले गर्नुभएको थियो ।