भलिवल प्रशिक्षण केन्द्रलाई १ लाख सहयोग

पोखरा, ७ भदौ । पोखरा रगंशालामा निर्माणाधिन क्षेत्रिय भलिबल प्रशिक्षण केन्द्रलाई सहयोग आउने क्रम जारी छ । प्रशिक्षण केन्द्र निर्माणाका लागी पोखरामा रहेका नीजि विद्यालयले आर्थिक सहयोग प्रदान गरेका छन् । सोमबार मात्रै केन्द्रका चार विद्यालयबाट लागी १ लाख १० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

पोखराको चाउथेमा रहेको कास्की मोडनाइज्र्ड बोर्डिङ स्कुलले ३० हजार, रानीपौवामा रहेको ग्लोबल कलेजियट स्कुलले २० हजार, स्टेप वाई स्टेपले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । आइतबार उनीहरुले विद्यालयमा छुटटाछुटटै रुपमा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।

कास्की जिल्ला भलिबल संघको अगुवाईमा निर्माणाधिन भलिबल प्रशिक्षण केन्द्रका लागी यसअघि विभिन्न संघसस्था र ब्यक्तिले आर्थिक सहयोग प्रदान गरेका थिए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्क्ष सुनिल गुरुङ्गले ५० हजार रुपैयाँ, पुन समाज नदिपुरले २० हजार रुपैयाँ सहयोग प्रदान गरेका थियो । त्यस्तै नाट्टा क्षेत्रिय संघ पोखराले पनि १० हजार रुपैयाँ सहयोग प्रदान गरेको संघ कास्कीका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।

पोखरा रंगशालामा निर्माणाधिन प्रशिक्षण केन्द्र देशकै नमुना प्रशिक्षण केन्द्र बन्ने दावी अध्यक्ष पराजुलीको छ । करिव १ करोड १७ लाख रुपैयामा निर्माण गर्ने लक्ष्य राखिएको छ । केन्द्र निर्माणका लागी राष्टिय खेलकुद परिषदले करिव ५० लाख रुपैयाँ सहयोग गर्ने बताएको छ । भने पहिलो चरणमा दश लाख रुपैयाँ निकासा दिएको छ । केन्द्रको करिव ३० प्रतिशत काम सकिएको छ । केन्द्रको मैदान उम्याउने, वाल लगाउने, मैदान वरिपरि तारजाली लगाउने लगायतका काम सम्मन भैसकेका छन् ।

कमेन्टहरु
Loading...