डि सिने अवार्ड साउन २९ पोखरामा हुने, उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

पोखरा, ६ साउन/फिल्म अवार्ड राजधानी केन्द्रित भैरहेको अवस्थामा छायाँछवि क्रियसनले आठांै डि सिने अवार्ड–२०७३ लाई राजधानीबाहिर पोखरा वितरणगर्ने घोषणा गर्दै ल्याएको छ ।

साउन २९ हुने अवार्ड समारोहमा २६ विधामा अवार्ड दिइने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शान्तिप्रियले जानकारी दिए । डिजिटल फरम्याटमा बनेका चलचित्रलाई सहभागी गराई आयोजना गरिँदैआएको अवार्डको लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक समेत गरेको छ । फिल्म वडा नं. ६, प्रेमगीत, कवड्डी कवड्डी, फूलै पुलको मौसम तिमीलाई धेरै विधामा परेका छन् । उत्कृष्ट चलचित्रमा क्लासिक, ड्रिम्स, पशुपतिप्रसाद, प्रेमगीत, वडा नं. ६ मनोनयन परेका छन् ।

डि सिने अवार्ड साउन २९ पोखरामा हुने, उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
डि सिने अवार्ड साउन २९ पोखरामा हुने, उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

त्यस्तै उत्कृष्ट निर्देशक उज्जवल घिमिरे, दिनेश राउत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ, सुदर्शन थापा, उत्कृष्ट अभिनेता आर्यन सिग्देल, दयाहाङ राई, निखिल उप्रेती, प्रदीप खड्का, सौगात मल्ल, उत्कृष्ट अभिनेत्री केकी अधिकारी, नम्रता श्रेष्ठ, नीता ढुंगाना, पूजा शर्मा र प्रियंका कार्की उत्कृष्ट पाँचको मनोनयनमा परेका छन् ।

उत्कृष्ट सहअभिनेता कामेश्वर चौरसिया, जीतु नेपाल, प्रमोद अग्रहरि, सलोन बस्नेत, सुसान्त कार्की, उत्कृष्ट सहअभिनेत्री अनु शाह, अशिष्मा नकर्मी, नन्दिता केसी, सुरविना कार्की र हर्षिका श्रेष्ठ छन् । उत्कृष्ट छायांकनमा पुरुषोत्तम प्रधान र राजेश श्रेष्ठ दुई फिल्मबाट मनोनयमा परेका छन् भने पाँचभित्र मानकृष्ण महर्जन छन् ।

सम्पादनमा गौतमराज खड्का, दीर्घ खड्का, वनिश शाह, सुरेन्द्र पौडेल, चरित्र अभिनेतामा अरुण रेग्मी, नीर शाह, प्रकाश घिमिरे, माउत्से गुरुङ र राजाराम पौडेल छन् भने चरित्र अभिनेत्रीमा अरुणा कार्की, गीता अधिकारी, दीपाश्री निरौला, लक्ष्मी गिरी र विद्या कार्की परेका छन् । खलपात्र विधानमा अनुप बराल, मुकुन्द थापा, मुरलीधर, विपिन कार्की र सुनिल थापा परेका छन् भने हाँस्य कलाकारमा केदार घिमिरे, टीकाभक्त जिरेल, दीपकराज गिरी, विल्सनविक्रम राई र सीताराम कट्टेल परेका छन् ।

नवनिर्देशक विधामा निखिल उप्रेती, भुवन केसी, प्रणव जोशी, शिवम अधिकारी र सुव्रत आचार्य मनोनयनमा परेका छन् ।
त्यस्तै, नवअभिनेतामा आमेश भण्डारी, पल शाह, प्रदीप बास्तोला, सुशील श्रेष्ठ र सुशीला सिटौला, नवअभिनेत्रीमा वर्षा राउत, रोमी घिमिरे, शशी श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी देवी शाह र स्वस्तिका खड्का छन् ।

उत्कृष्ट कथा विधामा डब्ब क्षेत्री, दीपेन्द्र के खनाल, निखिल उप्रेती, पूजना प्रधान र सन्तोषकुमार आत्रेय छन् भने पटकथामा अभिमन्यू निरवी, खगेन्द्र लामिछाने, छेतेन गुरुङ, रामबाबु गुरुङ÷उपेन्द्र सुब्वा र रामशरण पाठक छन् । संवादमा खगेन्द्र लामिछाने, दीपकराज गिरी, निखिल उप्रेती, विकास आचार्य र सामीप्य तिमिल्सिना परेका छन् । संगीतकारमा अर्जुन पोखरेल, कालिप्रसाद बास्कोटा, राजन शिवाकोटी, बसन्त सापकोटा र सुरेश अधिकारी, गायकमा कालीप्रसाद बास्कोटा, युवराज चौलागाई, सुगम पोखरेल, स्वरुपराज आचार्य र राजेशपायल राई परेका छन् ।

गायिकातर्फ इन्दिरा जोशी, मेलिन राई, सोमिया बराइली परेका छन् भने अंजु पन्त दुई फिल्मबाट मनोनयनमा छिन् ।गीतकार विधामा अर्जुन पोखरेल, दिनेश डिसी, विकास आचार्य छन् भने कृष्णहरि बराल दुई गीतमा मनोनयनमा छन् । नृत्य निर्देशकमा कविराज गहतराज, गोविन्द राई, रामजी लामिछाने, रेनेशा राई र शंकर विसी, द्वन्द्व निर्देशकमा एन वि महर्जन, चन्द्र पन्त, वि.एस. बलामी र हिमाल केसी फिल्ममा मनोनयनमा छन् ।

पहिलो पटक थपिएको वेष्ट आइटम डान्स विधामा इन्दिरा जोशी÷प्रियंका कार्की, नम्रता श्रेष्ठ, प्रियंका कार्की, मेनुका प्रधान र रीमा विश्वकर्मा उत्कृष्ट पाँचभित्रको मनोनयनमा परेका छन् । त्यस्तै, पाश्र्व संगीततर्फ एलिस कार्की, जेशन कुँवर, रामजी लामिछाने, शैलेन्द्र शाक्य र शैलेश श्रेष्ठ मनोनयनमा परेका छन् । कार्यक्रम निर्देशक प्रदीप उदयले पोखरामा अधिकांश नेपाली फिल्म सुटिङ हुने भए पनि फिल्म अवार्ड नभएकोमा फिल्म सँगै पर्यटनको विकासका लागि पोखरा आएको बताए । उनले आगामी दिनमा क्रमशः अन्य सहरमा पनि अवार्ड गर्दै जाने जानकारी दिए ।

कार्यक्रम संयोजक मणिराज गौतमले गत वर्ष प्रदर्शनमा आएका ६७ फिल्मबाट छानिएका फिल्मलाई मनोनयनमा पारिएको हो । उत्कृष्ट छनौटका लागि चार सदस्यीय जुरी गठन गरिएको छ । सांस्कृतिक कार्यक्रम संयोजक सुमन दाहालले अवार्डमा फिल्मका चर्चित अनुहारलाई गायन, नृत्य र हाँस्य प्रस्तुतिमा मंचमा उतारिने जनाए । अवार्डको लागि स्थानीय संयोजकको जिम्मा सोभित बस्याललाई दिइएको छ । उनले पोखरामा अवार्ड गर्न आफूले पहिलेदेखि पहल गरेकोमा अहिले आएर सम्भव भएको बताउँदै सफल पार्ने दायित्व सम्पूर्ण पोखरेलीको पनि रहेको बताए ।

कमेन्टहरु
Loading...