लिटिल च्याम्प पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न, फाइनल शुक्रवार

पोखरा, ५ साउन/बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि आयोजित लिटिल च्याम्प पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । कार्यक्रममा प्रतियोगी बालबालिकाहरुले गायन, नृत्य, कविता वाचन, भाषणकला तथा क्यारिकेचर गरेका थिए । प्रतियोगितामा गायिका माया पुन, नृत्य निर्देशक आशिष पुन र प्रथा मल्टिप्रपोजका प्रबन्ध निर्देशक शारदा गुरुङ्ग निर्णायक रहेका थिए ।

प्रतियोगितामा सहभागी बालबालिकाहरुमा माउण्ट अन्नपुर्ण स्कुलबाट निखिल गुरुङ्ग, प्रकृति खत्री, रेजिना पुन, खुस्बु गर्बुजा पुन, सरिश राना, कविता थापा रहेका छन् । यसैगरि प्रतिक्षा पोखरेल सृजना उच्च मावि, क्रिस श्रेष्ठ कुमुदिनी होम्स, सारिका सुवेदी, ग्रिस्मा गुरुङ्ग ग्लोवल कलेजियट, प्रसुन अधिकारी तारापुञ्ज बोर्डिङ्ग स्कुल अधिकारीटोल, अंकित जिसी, अभिषेक आचार्य, युनिश तामाङ्ग, रिदम जिसी पास्कल एकेडमी तथा बिधाता रञ्जित, प्रकृति पोखरेल सेन्टमेरिज स्कुल रहेका छन् । कार्यक्रममा प्रथाका संरक्षक शिवराज देवकोटा, निर्णायक आशिष पुन, माया पुन लगायतले शुभकामना दिएका थिए।
साउन ७ गते शुक्रवार पोखरा सभागृहमा हुन लागेको लिटिल च्याम्प पोखराको तयारी अन्तिम चरणमा पुगेको प्रथाका प्रबन्ध निर्देशक शारदा गुरुङ्गले बताए । ‘बातावरण मैत्री बना’ै भन्ने मुख्य थिम बोकेको कार्यक्रममा सहभागी बालबालिकाहरुलाई बोल्ने कला, स्वास्थ्य, बालअधिकार नेतृत्व विकास, सकारात्मक सोँच सम्बन्धि तालिम प्रदान गरिएको प्रथाका सदस्य सृजना गुरुङ्गले बताए । प्रतियोगितामा पोखराका बिभिन्न स्कुलमा अध्ययनरत २० जना बालबालिकाको सहभागिता रहेको छ । कार्यक्रमको कोरियोग्राफी रानु श्रेष्ठ र पार्वती अधिकारीले गरेका छन ।

कमेन्टहरु
Loading...