लिटिल स्टेप र लिङ्कनले उच्च मावि स्तरीय नृत्य प्रतियोगिता गर्ने

पोखरा, २ साउन /पोखराको सिमलचौरस्थित लिटिल स्टेप उच्च मावि र पोखरा लिङ्कन इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा उच्च माध्यमिक विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगिता हुने भएको छ । आगामी भदौ २३ गते (तदनुसार सेप्टेम्बर ८ तारिख) पोखरा सभागृहमा ३७ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका सन्दर्भमा सो प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाद्वयका संस्थापक शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँले कक्षा ११ र १२ मा अध्ययनरत छात्र÷छात्राहरुको नृत्य प्रतिभालाई प्रस्फुटन गराउने र सडक बाल बालिकालाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । अनुपम म्युजिक, पोखराको व्यवस्थापनमा हुने कार्यव्रmमका लागि शेरबहादुर गुरुङको संयोजकत्वमा आयोजक मूल समिति गठन गरिएको छ । कार्यव्रmमको सह–संयोजक पम्फा गुरुङ, सचिव अनुराग अधिकारी, कोषाध्यक्ष विक्की गुरुङ र सह–सचिव रुपिन्द्र प्रभावी रहनुभएको छ ।

यस्तै, विनोद गिरीको संयोजकत्वमा राजकुमार कार्की, नवीन परियार, सुशीला थापा र भिजन सुवेदी सदस्य रहेको टिकट व्यवस्थापन उपसमिति, टी. एन. शर्माको संयोजकत्वमा रामु सुवेदी, विवेक श्रेष्ठ, सागर आचार्य र सागर ढुङ्गाना सदस्य रहेको प्रचार प्रसार उपसमिति, भीमनाथ बरालको संयोजकत्वमा पुण्यप्रसाद शर्मा, प्रशान्त गुरुङ, अनिल खड्का र जीवन भण्डारी सदस्य रहेको अतिथि सत्कार उपसमिति, तारा सुवेदीको संयोजकत्वमा क्या. चित्रबहादुर थापा, कुशलबहादुर बुढा, वीरेन्द्र गुरुङ ‘ठागु’ र राजेन्द्र गुरुङ रहेको स्वयम् सेवक परिचालन उपसमिति, रन्जुकुमारी गुरुङको संयोजकत्वमा मीना गुरुङ, दुर्गा केसी, द्रोणसिंह ठकुरी र लक्ष्मी विक सदस्य रहेको आर्थिक उपसमिति, चन्दा गुरुङ (थापा)को संयोजकत्वमा अस्मिता श्रेष्ठ, प्रतिमा गुरुङ, रक्षा सूर्यबंशी र मन्दिरा गुरुङ सदस्य रहेको मायाको चिनो व्यवस्थापन उपसमिति र चित्र अधिकारीको संयोजकत्वमा जयश्री चालिसे, राजेश सुवेदी, पार्वती श्रेष्ठ र वीरबल घोताने रहेको मञ्च व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ ।

वि. सं. २०३९ देखि लिटिल स्टेप उच्च मावि र सन् २०१२ देखि पोखरा लिङ्कन इन्टरनेशनल कलेज शैक्षिक क्षेत्रमा व्रिmयाशील रहँदै आएको छ ।

कमेन्टहरु
Loading...