प्रेमिल संघर्श

अमृत सिग्देल
रमेर प्रेम रोएर प्रेम छोएर प्रेम
लगाए मैले त आज फेरी धोएर प्रेम
आसमा पर्खिएँ
बर्शातमा दर्कियँ ।।। बसन्तमा फलेँ
शिशिरमा झरेँ
हावाहुरिमा उडेँ
भुकम्पमा भत्किएँ
पिडाहरु बर्शदा तिम्रो प्रेमको ओत लागेँ
स्वार्थ भन तर सधै तिम्रो प्रेम मागेँ
तिमिलाइ गुमाउने लक्षण महसुसले
सारा रात जुन हेर्दै जागेँ ।

पाएर प्रेम गाएर प्रेम दुनियाँको घरहरुलाइ देख्न्न चाहान्छु छाएर प्रेम
बिश्वास गरिरहेँ
कल्पना गरिरहेँ
प्रेम र प्रेमिल शहरमा युद्द लडिरहेँ
अबिस्वासको चट्टान चढीरहेँ बिश्वास पाउन अघि बढीरहेँ

तिम्रो कठोर शब्दमा आतिएँ तिम्रो असीम प्रेम महसुस हुदा मातीएँ
जे भन भन प्रिय तिमि मलाई
मेरो जिन्दगीको पुस्तकमा तिम्रो प्रेम छापदिएँ ।

कमेन्टहरु
Loading...