मदन सेन्चुरीको ‘लुकी-लुकी हेर्छु सधैं’ सार्वजनिक

पाेखरा । मदन सेन्चुरीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘लुकी-लुकी हेर्छु सधैं’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा जीवन भट्टराई, लक्ष्मी बर्देवा र विशाल डोटेललाई देख्छ सकिन्छ।

पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीतमा देवेश राईको संगीत संयोजन छ। गीतको भिडिओलाई जीवन र लक्ष्मीसँगै सागर दाहालले निर्देशन गरेका हुन्।

बुद्ध थापाले छायांकन गरेको गीतलाई विष्णु खड्काले सम्पादन गरेका छन्।

गायक मदन सेन्चुरी कभर गीत गाएर चर्चामा आएका हुन्।

कमेन्टहरु
Loading...