बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् । आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् । उनीहरु बंगला मन्नततर्फ लागेका छन् ।
