स्वास्थ्यकर्मीको परिचयपत्र देखाइ लागु औषध ओसारपोसार गर्ने २ जना पक्राउ

तनहुँ संवादाता । स्वास्थ्यकर्मीको परिचयपत्र देखाइ लागुऔषध ओसारपोसार गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका– १२ घाँसीकुवा घर भै हाल गोरखा नगरपालिका– १४ पांकोट बस्ने २६ वर्षीय उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका– १ घर भै सोही नगरपालिका– ७ सतिपिपल बस्ने २४ वर्षीय पुर्णसिं गुरुङ रहेका छन् ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ३–०२–००२ प ६९०० नम्वरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्दा लागु औषधसहित दुई व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीले चेकजाँच गर्दा अर्याल मेडिकल हल नयाँ बजार गोरखाको पुर्णसिं गुरुङको नाममा रहेको परिचयपत्र भिरी उनीहरु आएका थिए ।

‘मोटरसाइकलमा पछाडी सवार उमेश खत्रीले लागुऔषध कपडामा बेरेर झोलाभित्र राखि लुकाइछिपाइ राखेको अवस्थामा डाइजेपाम ९४, फेनेरागन ९४ र नुफिन ९६ गरी जम्मा २८४ एम्पुल अवैध लागुऔषध बरामद गरिएको हो ।’,उनले भने ।

त्यस्तै पुर्ण गुरुङको साथबाट ४ थान सिरिन्जसमेत फेला परेको छ । दुबै जनालाई पक्राउ गरी लागुऔषध मुद्धामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको समयमा पनि स्वास्थ्यकर्मीको परिचयपत्र देखाएर लागुऔषध ओसारपोसार गरेको पाइएकाले त्यस्ता गतिविधि रोक्नको लागि जिल्लाको चेकजाँचमा थप कडाइ गरिने उपरीक्षक तिमिल्सिनाले बताए ।

कमेन्टहरु
Loading...