चाइनिज कण्डम सानो भएको जिम्बाब्बेका मन्त्रीको गुनासो

एजेन्सी /जिम्बाब्बेका स्वास्थमन्त्री डेभिड परिनेतावाले चीनबाट आयात गरिएका कण्डम साह्रै सानो भएको गुनासो गरेका छन् । गएको हप्ता जिम्बाब्बेको हरारेमा भएको एचआइभी/एड्स रोकथामसम्बन्धी एक सम्मेललनमा स्थानीय समाचारहरुको हवाला दिँदै उनले सो गुनासो गरेका हुन् । जिम्माब्बेका युवाहरुमाझ चीनबाट आयातित कण्डमहरु लोकप्रिय रहेका छन् ।

‘दक्षिण अफ्रिकी देशहरु एचआइभी/एड्सको उच्च जोखिममा छन् र हामीले युवाहरुबीच कण्डम प्रयोग बढाउने अभियान चलाएका छौँ’,मन्त्री परिनेतावाले भने,‘हामी आफै कण्डम बनाउँदैनौँ र चीनबाट आयात गर्छौँ, तर चीनबाट ल्याइएका कण्डमहरु सानो भएको गुनासो आएको छ ।’ उनले स्वदेशी कम्पनीहरुलाई कण्डम उत्पादन गर्न आग्रह पनि गरे ।

यता, जिम्बाब्बेबाट कण्डम नै सानो भएको गुनासो आएपछि चिनिया कम्पनी डाक्सिआङले आफ्ना अबका उत्पादनहरु ठूलो साइजका हुने बताएको न्यूजविकले लेखेको छ । कम्पनीको तर्फबाट पठाइएको इमेलमा चिनियाहरु बाक्लो खालको कण्डम मन पराउने गरेको समेत उल्लेख गरिएको छ । कण्डम विश्वभर नै रुचाइएको अस्थायी साधन हो ।

यौनसम्पर्कको बेला यो ८२ प्रतिशत सुरक्षित अस्थायी साधन मानिन्छ । युएन एड्सका अनुसार जिम्बाब्बेका १३.५ प्रतिशत जनता एचआइभी संक्रमणमा रहेका छन् भने वार्षिक ४० हजारजति नयाँ संक्रमणमा पर्ने गरेका छन् । एचआइभी संक्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क नै हो ।

कमेन्टहरु
Loading...