बेलायतमा कोरोनाबाट पोखराकी युवतीको निधन

एजेन्सी / कोरोना संक्रमणबाट बेलायतमा बस्दै आएकी पोखराकी एक युवतीको निधन भएको छ । पोखराकी पुष्पा घलेको शनिबार निधन भएको हो ।

ज्वरो र खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घलेलाई शनिबार नर्थवीक पार्क अस्पताल भर्ना गरिएको थियो । अस्पताल लगेको ४ घण्टामा निधन भएकी घलेको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी श्रीमान् र छोरासहित १० वर्षदेखि बेलायतमा बस्दै आएकी थिइन् । उनको परीवार र सँगै घरमा बस्नेहरु आइसोलेसनमा छन् । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएको शनिबार बेलुकीसम्मको तथ्याङ्क अनुसार बेलायतमा ८, अमेरिकामा ५, युएइमा १ जनाको मृत्यु भएको छ । बेलायतमा मात्रै झण्डै एक सय नेपालीमा कोरोना संक्रमण भएको छ ।

कमेन्टहरु
Loading...