कतार जान नेपाल सहित १४ देशका नागरिकलाई रोक

पोखरा, २६ फागुन / नेपालीहरुको मुख्य रोजगार गन्तव्य कतारले नेपालबाट जाने नागरिकलाई रोक लगाएका छ ।

कोरोना भाइरसका कारण नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।
विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ ।

कराले अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकलाई कतार प्रवेशमा रोक लागएका हो । कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिए छ ।

कमेन्टहरु
Loading...