एजेन्सी/ बेलायतमा कोरोनाभाइरस कोभिड १९ को संक्रमणबाट थप एक नेपालीको मृत्यु भए पछि बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सख्या ६० जना पुगेको छ ।
मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।
अहिलेसम्म ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैर गोर्खाको मृत्यु भएको उनले बताए । मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् । विश्वभरिमा हालसम्म ८८ जना नेपालीहरुको कोरोनाको कारण ज्यान गैसकेको छ ।
अमेरिकामा १५, युएइमा ६, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, भारत र स्वीडेनमा एक एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएले जनाएको छ ।