कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नजिक, अमेरिकामा मात्रै ५२ हजार

एजेन्सी/ कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको सख्या २ लाख नजिक पुगेको छ । शनिबार विहान सम्ममा विश्वभर १ लाख ९७ हजार ९१ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार १ सय ८५ जना पुगेको छ ।

जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार बढीको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार ३८ जना बढी पुगेको छ ।

कोरोना संक्रमणबाट इटालीमा २५ हजार ९६९ र स्पेनमा २२ हजार ५२४ जनाको मृत्यु भएको छ ।

विश्वभर २८ लाख २८ हजार ६ सय १७ जना संक्रमित भएका छन् भने ७ लाख ९८ हजार ३ सय ७१ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...