कोरोनाबाट संक्रमणबाट अमेरिकामा एकै दिन २ सय २२ को मृत्यु

एजेन्सी / कोरोना भाइरसबाट अमेरिकामा एकै दिन २ सय २२ जनाको मृत्यु भएको छ । अमेरिका संक्रमित हुने देशमा चीन, इटली पछि अमेरिका रहेको छ ।

अमेरिकामा ५४ हजार ८ सय ८ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको सख्या ७ सय ७५ जना पुगेको छ । अमेरिकामा उपचार पछि निको भएर घर फर्किनेको सख्या ३ सय ७८ जनामा छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ११ हजार ७४ हजारमा नयाँ संक्रमित भएका छन् ।

बुधबार विहान सम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख २२ हजार ५ सय ६६ पुगेको छ ।

त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार ८ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । यो एक दिन मृत्यु हुनेको सख्या अहिले सम्म कै धेरै हो ।

त्यसमध्ये सबैभन्दा बढी इटालीमा एकैदिन ७ सय ४३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ८० जनाको मृत्यु भएको छ । फ्रान्समा २ सय ४० जना, अमेरिकामा २ सय २२ जनाको मृत्यु भएको छ ।

इरानमा चौबिस घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८७ र नेदरल्यान्डस्मा ६३ जनाको मृत्यु भएको छ । नेपालको अर्को छिमेकी देश भारतमा मृत्यु हुनेको सख्या १० जना पुगेको छ । संक्रमित भएकाहरु मध्ये १ लाख ८ हजार ३ सय ८८ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...