कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघ्यो, मृत्युको सख्या १८ हजार (कुन देशमा कति)

552

एजेन्सी / विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख बढि पुगेको छ । बुधबार विहान सम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख २२ हजार ५ सय ६६ पुगेको छ ।

त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार ८ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । यो एक दिन मृत्यु हुनेको सख्या अहिले सम्म कै धेरै हो ।

त्यसमध्ये सबैभन्दा बढी इटालीमा एकैदिन ७ सय ४३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ८० जनाको मृत्यु भएको छ । फ्रान्समा २ सय ४० जना, अमेरिकामा २ सय २२ जनाको मृत्यु भएको छ ।

इरानमा चौबिस घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८७ र नेदरल्यान्डस्मा ६३ जनाको मृत्यु भएको छ ।

नेपालको अर्को छिमेकी देश भारतमा मृत्यु हुनेको सख्या १० जना पुगेको छ । संक्रमित भएकाहरु मध्ये १ लाख ८ हजार ३ सय ८८ जना निको भएर घर फर्किएका छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Comments are closed.