कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु

एजेन्सी / अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको ज्यान गएको छ ।

न्युयोर्क स्थित ज्याक्सनहाइट निवासी ५० बर्षीय अनिल लिम्बुको स्थानीय समय अनुसार गए राति ज्यान गएको अमेरिकामा रहेका पत्रकार गोकुल बानियाले जानकारी दिए ।

भाइरस संक्रमण देखिएपछि स्थानीय एल्मष्ट अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा उनको ज्यान गएको हो ।

नेपालको पाँचथर रानीगाउँ घर भएका लिम्बु झण्डै दुई दशकदेखि अमेरिका बस्दै आएका थिए ।

कमेन्टहरु
Loading...