कोरोनाका कारण मृत्यु हुनेको सख्या ९० हजार बढि, भारतमा २ सय नजिक

एजेन्सी/ कोरोनाका कारण विश्व भर मृत्यु हुनेको सख्या ९० हजार बढि पुगेको छ । बुधबार राती सम्म विश्वभर मृत्यु हुनेको सख्या ९० हाजर ५६ जना पुगेको छ ।

अहिले सम्म विश्वभर १५ लाख ४१ हजार १ सय १३ जनामा संक्रमण देखिएको छ । ति मध्ये ३ लाख ४० हजार ६ सय ५ जना निको भएर घर फर्कि सकेका छन् ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा ४ लाख ३६ हजार छन् भने अहिले १४ हजार ९ सय ९ जनाले ज्यान गुमाइ सकेका छन् । भारतमा बुधबार मात्रे २१ जनाले ज्यान गुमाएका छन् ।

अहिले सम्म भारतमा १ सय ९९ जनाले ज्यान गुमाएका छन् भने ६ हजार ५ सय ८८ जनामा संक्रमण देखिएको छ ।

भारतमा संक्रमण बढ्दै जादा नेपालमा पनि चिन्ता थपिदै गएको छ । नेपालमा अहिले सम्म ९ जनामा मात्रै संक्रमण देखीएको छ ।

कमेन्टहरु
Loading...