डोनाल्ड ट्र्म्पको जितमा पुटिनको हात रहेको खुलासा

वासिङ्टन : गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।

ती व्यक्तिमाथि नाकाबन्दी लगाइने बताइएको छ। त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ। तर त्यो कस्तो नाकाबन्दी हो भन्ने बारेमा भने केही बताइएको छैन।

अमेरिकी आर्थिक विभागले सो सूची सार्वजनिक गरेको बताइएको छ। त्यस सूचीमा ११४ जना राजनीतिक नेता र ९६ जना व्यापारी रहेका छन्।

तीमध्ये सबैजसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगी समूहका सदस्यहरु हुन्। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ती व्यक्तिहरुले वर्तमान राष्ट्रपतिका पक्षमा प्रभाव पार्ने काम गरेका बताइएको थियो।

ती व्यापारीहरुको व्यापार र व्यक्तिमाथि पनि आर्थिक प्रतिबन्धहरु लगाउन सकिने भन्दै सो सूची प्रकाशन गरिएको समाचारमा जनाइएको छ।

कमेन्टहरु
Loading...