‘एमालेको अजुर्नदृष्टि महानगरको समृद्धि’

पोखरा, २५ वैशाख/स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा मत माग्न नेकपा एमालेका उम्मेद्वारहरु यति बेला, घरदैलो, चुनावी सभामा व्यस्त छन् । पोखरामहानगर पालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा उम्मेद्वारहरुसहित नेता कार्यकर्ता सक्रिय रुपमा जनता समक्ष मत माग्न पुगेका छन् ।

विभिन्न वडाहरुले घरदैलो, ¥याली, कोण सभा गरिरहेका छन् भने मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले चुनावी तालिका बनाएर भोट माग्न व्यस्त छन् । सोमबार उनीहरुले वडा नम्बर २, २४, १८ र ४ नम्बर वडामा पुगेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले मयेर पदमा विजयी भएपछि अर्जुनदृष्टि लगाएर महानगरलाई समृद्ध बनाउन लागि पर्ने बताएका छन् । ‘ एमालेको अर्जुनदृष्टि पोखरा लेखनाथको समृद्धि,’ उनले भने, ‘विकासको असमानता भएको हाम्रो महानगरमा समानुपातिक विकास आवश्यक छ, त्यसको लागि योजना बनाएरै काम गर्छु । ’

चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २४ र १८ मा भएका सभा तथा घरदैलो कार्यक्रममा उनले पोखरा महानगरमा भगौलिक चुनौती रहेकोले गाविसबाट सिधै महानगरका वडा बनेका ठाउँमा आधारभूत आवश्यकताको पूर्वाधार निर्माण गरी महानगरको सेवा अनुभूति हुने गरी काम गर्न आफू कटिबद्ध रहेको बताए । कास्कीकोट र सराङकोटमा पर्यटनको प्रचुर सम्भावना भएकालेले पटेक एरिया बनाएर पर्यटनको पूर्वाधार निर्माणमा जोड दिने उनले बताए । पोखरालाई आगामी २५ वर्षमा अन्तर्राष्ट्रिय सहर बनाउने एमालेको घोषणालाई महानवासीले साथ दिनेमा आफू विस्वस्त रहेको भनाइ उनेको छ ।

कार्यक्रममा उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङ पोखराका सबै वडामा सडक सञ्जालले जोड्नतर्फ प्राथमिकता दिने बताए । नेकपा एमालेले अघि सारेको समृद्ध देश र सुखी जनताको नारालाई साकार पार्न मतदाताले आफूलाई मतदान गर्ने विश्वास उनको छ । आफू पोखराको विकास र समृद्धिका लागि समर्पित भएको बताएका छन् ।

महानगरपालिकालाई नेपालमै उदाहरणीय महानगरपालिका बनाउने लागि उनले बताइन् । ‘हाम्रो महानगरपालिका सबैभन्दा ठूलो हो,’ उनले भनिन ‘सामानुपातिक विकास योजना तय गरेर उत्कृष्ट महानगरपालिका बनाउन आवश्यक छ । ’ उनले पार्टीले तयार पारेको पोखरा महानगरपालिकाको घोषणापत्रमा समेटिएका विषय र योजनालाई लागू गराउने प्रतिबद्धता व्यक्त गरिन् । ‘महिला, बालबालिका, युवा सबैलाई समेटेर विकासमा लाग्ने छु,’ उनले भनिन्, ‘म महानगरको विकासका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

कमेन्टहरु
Loading...