राष्ट्रिय जनमोर्चा चुनावी अभियान तिव्र

पोखरा, ४ बैशाख /प्रजातान्त्रिक विकेन्द्रीकरणको संविधानको कार्यान्वयनको लागि स्थानीय निर्वाचन भन्ने मूल नाराका साथ देशव्यापी रुपमा चुनावी अभियानमा यतिबेला राष्ट्रिय जनमोर्चा लागेको छ । नेपालको अन्तरिम संविधानमा संघीयता शब्द ल्याउँदासाथ यसको विरोध गर्दै आइरहेको जनमोर्चाले कास्की जिल्लामा समेत विभिन्न कार्यक्रमका साथ चुनावी अभियान तिव्र पारेको जनमोर्चा कास्कीले जनाएको छ ।

कार्यक्रम अन्तर्गत राष्ट्रिय जनमोर्चा कास्कीले बैशाख १ गते मादी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको अभियान समितिका अध्यक्ष रविमोहन ढकाल, गणेश अधिकारी, रमेश गुरुङ्गको नेतृत्वमा संचालन गरेको छ । मिजुरेको पखरीबोटमा प्रशिक्षण कार्यक्रम संचालन गर्नुका साथै व्यापक सदस्यता अभियान सम्पन्न गरेको थियो ।

त्यसैगरी २०७३ चैत ३० गते राष्ट्रिय जनमोर्चा कास्कीका उपाध्यक्ष चन्द्र बहादुर के.सी., शंकर बराल, रामप्रसाद शर्मा, विष्णु पुरी समेतको टोलीले पोखरा लेखनाथ महानगरपालिका वडा नं.२१ निर्मलपोखरी, फोक्सीङ र कृस्तिमा प्रचार अभियान संचालन गर्नुका साथै टिकाराम अधिकारीको नेतृत्वमा १७ सदस्यीय वडा समिति गठन गरेको छ । त्यसैगरी बैशाख ३ गते पोखरा लेखनाथ महानगरपालिका वाड नं.६ बैदाममा भेला सम्पन्न भएको छ ।

भेलाको संचालन लक्ष्मी कुँवरले गर्नुभएको थियाउे भने भेलालाई राष्ट्रिय जनमोर्चा कास्कीका उपाध्यक्ष तथा पोखराको मेयरका उमेदवार चन्द्र बहादुर के.सी., सचिव आकाश गौतमले राष्ट्रिय जनमोर्चाको नीति, कार्यक्रम र स्थानीय चुनावका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

भेलाले टेक बहादुर लामाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मण ढुङ्गाना, सचिव विनोद केसी, सहसचिव रमेश पहारी, कोषाध्यक्ष लक्ष्मी कुँवर र सदस्यहरुमा सिता न्यौपाने, केशव बहादुर क्षेत्री, करण पहारी, प्रमिला केसी, दिवस लामिछाने, दिनेश कोइराला, मिन बहादुर पहारी, रिकेश पन्थी, प्रेम बहादुर के.सी., माया अधिकारी, चोला पुन लगायत रहनुभएको छ ।

कमेन्टहरु
Loading...