रेडियो अन्नपूर्ण १७ औ वर्षमा प्रबेश

पोखरा, १२ वैशाख/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज १६ वर्ष पुरा गरि १७ औ वर्षमा प्रबेश गरेको छ । १६ औँ वार्षिकोत्सव रेडियोकर्मीका माझ मनाएको छ । २०५८ साल वैशाख १२ गते देखि पोखराबाट सञ्चालन हुदैँ आएको रेडियोको १६ औँ वार्षिकोत्सवको संस्थापक अध्यक्ष एंव पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले केक काटेर उद्घाटन गर्नुभयो ।

रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष पालिखेले आवाज विहिनहरुको आवाज बन्न रेडियो सफल भएको बताउनुभयो । संघीयता संगसँगै सञ्चारमाध्यमहरुमा पनि चुनौति थपिएको बताउँदै रेडियोलाई थप परिस्कृत गरि, अगाडी बढाइने दाबी गर्नुभयो ।

रेडियोका प्रबन्ध निर्देशक सुनायना पालिखेले टिमवर्ककै कारण रेडियो यहाँसम्म आइपुगेको बताउँदै, आगामी दिनमा पनि रेडियोलाई थप उचाईमा पु¥याउन सहकार्य आवश्यक रहेको बताउनुयभो । रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले रेडियोको सफलतासँग त्यसमा आवद्ध कर्मचारीको पनि सफलता गाँसिने बताउँदै, निष्पक्ष र तटस्थ रुपमा आफुहरु अघि बढेको बताउनुभयो ।

कार्यक्रममा रेडियोका विभागीय प्रमुख एंव कर्मचारीले शुभकामना मन्तव्य राख्दै, रेडियोलाई अझ बढी शसक्त बनाउने प्रतिवद्धता जनाएका थिए । सोही अवसरमा रेडियोले प्रत्येक वर्ष प्रदान गर्दै आएको, वर्षको सर्वोत्कृष्ट अन्नपूर्णकर्मी अवार्डबाट यस वर्ष कार्यालय सहयोगी इन्द्रा राना सम्मानित हुनुभएको छ । रानालाई कार्यक्रमका प्रमुख अतिथि विश्वशंकर पालिखे, प्रबन्ध निर्देशक सुनयना पालिखे र प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले नगद दश हजार सहित, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।

वार्षिकोत्सवकै अवसरमा २०५८ सालदेखि हालसम्मका वेष्ट इम्प्लोयी अफ दि इयरबाट सम्मानितहरुको फोटो सहितको फ्रेम राखिएको छ । कार्यक्रममा रेडियोकर्मीहरुले शुभकामना सहित आ—आफ्ना प्रतिभा प्रस्तुत समेत गरेका थिए ।

कमेन्टहरु
Loading...