नेपाली काँग्रेसको पुरुञ्चौरमा आमसभा

पोखरा, २७ चैत /नेपालको जेठो राजनीतिक दल नेपाली कांग्रेस पोखरा लेखनाथ महानगरपालिका १९ नम्वर वडामा स्थानिय निकायको चुनाव लक्षित वृहत आम सभा शनिवार सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता गोविन्द भट्टराईले चिनले नेपालको सगरमाथा आफ्नो हो भनि दावी गर्दा वि.पि. कोइराला नेतृत्वको काँग्रेसले प्रतिरक्षा गर्दा मौन वसेका कम्युनिष्टहरुको यतिखेरको राष्ट्रवादको कुनै औचित्य नदेखिएको दावी गरे ।

मेलमिलाप र एकतामा चल्ने हो भने नेपाली काँग्रेसले कास्कीलाई कम्युनिष्ट विहिन जिल्ला वनाउन सक्ने भन्दै सम्पूर्ण भातृ संस्थाहरुको एक्यबद्धता यसको शुभ संकेत रहेको केन्द्रीय सदस्य भट्टराईले बताए । नेपाली काँग्रेसका नेता देवराज चालिसेले पलायन भइसकेका विश्वका कम्युनिष्ट नेताहरुको नाम जोडेर राष्ट्रियताको व्याख्या गर्ने नौटंकी गरेका छन् । एमालेले रुस र जर्मनका नेताहरुको सिद्धान्तलाई लिएर राजनीति गर्ने र खोक्रो राष्ट्रियताको नारा रटाएर देश र जनतालाई धोका दिने प्रपञ्च रचेको नेता चालिसेले वताए ।

पोखरा लेखनाथ महानगरपालिका वार्ड नं. १९ लाई लक्षित गरेर आयोजित आमसभामा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी., पूर्व सभापति शुक्रराज शर्मा, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सभाषद् शारदा पौडेल र वृन्दा राना, महासमिति सदस्य दिपक गुरुङ र रामचन्द्र त्रिपाठी, क्षेत्र नं. ४ का क्षेत्रीय सभापति पोषनाथ शर्मा, २ नं.का सभापति माधव वास्तोला मधु, नगर सभापति वजिरमान श्रेष्ठ, नेपाल सरकारका पूर्व सचिव वावुराम आचार्य, ने.का वडा नं. १९ का संयोजक महेश्वर पौडेल सह संयोजक दुर्गादत्त वास्तोला क्षेत्र नं. ४ का पूर्व सभापति रामप्रसाद अधिकारी, सचिव खिमलाल वास्तोला, शंकर ढुंगाना लगायत ३३ जना वक्ताहरुले सम्वोधन गरेका थिए । कार्यक्रमको संचालन ने.का. पोखरा १९ का प्रवक्ता विष्णु वास्तोलाले गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी छाडेर करिब दुई सय जना काँग्रेसमा प्रवेश गरेको प्रवक्ता बास्तोलाले बताए ।

कमेन्टहरु
Loading...