पोखरा महानगरपालिका २८ को वडा अध्यक्षमा मिन नेपाली आकाक्षी

पोखरा, २१ चैत /स्थानीय निकायको निर्वाचनको सर्गमी बढिरहेको बेला विभिन्न स्तरमा उम्मेदवारहरुको चर्चा परिचर्चा पनि चल्न थालेको छ । पोखरा लेखनाथ महानगरपालिका वडानम्बर २८ मा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।

नेपाली कांग्रेसबाट युवा नेता मिन नेपाली, विकास गुरुङ्ग, श्रीकृष्ण लामिछाने लगायतले अध्यक्षमा उम्मेदवारी दावी गरेका छन् । युवा नेता मिन नेपाली विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी पृथ्वीनारायण क्याम्पस ईकाईको विभिन्न पदमा रहदैं ७० सालमा स्थानीय स्ववियु निर्वाचनमा नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी हुन् । नेपाल दलित संघ साथै पार्टीका विभिन्न जिम्मेवारी सम्हालीसकेका नेपाली हाल प्राध्यापन पेशामा संलग्न छन् ।

प्राध्यापन संगसँगै व्यावसायिक दुनियाँमा जमिरहेका नेपाली प्रखर वक्ता साथै वैचारिक नेताका रुपमा चिनिन्छन् । स्थानीय स्तरमा स्पष्ट दृष्टिकोण भएका समाजसेवी नेताका रुपमा चिनिन्छन् । स्थानीय स्तरमा राम्रो प्रभाव भएका नेपालीलाई कास्की काँग्रेसले प्राध्यापन पेशा छाडेर भएपनी स्थानीय निर्वाचनमा उम्मेदवार बनाउन सक्ने प्रवल संभावना छ ।

नेपाली संगै माझठानाका विकास गुरुङ्ग साथै श्रीकृष्ण लामिछाने पनी प्रवल दावेदार हुन् । यता नेकपा एमाले बाट भोला त्रिपाठी, मोहन गुरुङ्ग, निर्मल दियालीको नाम चर्चा चलेको छ भने नेकपा माओवादी केन्द्रले कुनैपनी उम्मेदवारहरुलाई बाहिर ल्याएको छैन ।

कमेन्टहरु
Loading...