माछापुच्छे गाउँपालिकाको अध्यक्षमा अम्वरवहादुर कार्की सिफारिस

पोखरा, ११ बैशाख/बैशाख ३१ को स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट माछापुच्छ«े गाउँपालिकाको प्रमुखमा अम्वरवहादुर कार्की(अनिल)लाई सिफारिस गरिएको छ ।

पार्टीका जिल्ला कमिटि सदस्य समेत रहेका कार्कीलाई काँग्रेस वडा ईकाइ कमिटि ३ घाचोकको हालै वसेको वैठकले गाउँपालिका प्रमुखको उम्मेदवारको लागि क्षेत्रिय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । २०४६ सालदेखी नेपाल विद्यार्थी संघमा आवद्ध भएर काँग्रेसको राजनीतिमा क्रियाशिल कार्की निडर र स्पष्ट वक्ताको रुपमा समेत चिनिन्छन् ।

कानुनमा समेत दक्षता भएका कार्की क्षेत्र नं ४ मा चिरपरिचित छन् । २०५१ सालमा पार्टीको गाउँकमिटिको सचिवको रुपमा काम गरेका उनले पार्टीको १२ औँ अधिवेशनमा क्षेत्रीय सदस्य पदमा तथा १३ औँ अधिवेशनवाट जिल्ला सदस्य पदमा लोकप्रिय मतका साथ निर्वाचित भएका थिए ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन कास्कीको अध्यक्षको रुपमा कार्यरत रहेका कार्की विभिन्न सामाजिक तथा साहित्यिक संघ संस्थाहरुमा समेत आवद्ध भएर निरन्तर समाजसेवामा सक्रिय छन् ।

कमेन्टहरु
Loading...