मुस्ताङको लोमान्थाङमा लोमान्थाङ महोत्सव

पोखरा, ५ जेठ/लोमान्थाङ गाउँपालिका र अन्नपुर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालय लोमान्थाङको संयुक्त आयोजनामा मुस्ताङको लोमान्थाङमा लोमान्थाङ महोत्सव हुने भएको छ ।

जेठ १६ देखी १९ गते सम्म महोत्सव सञ्चाल हुने आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

गुफामै बसौ, गुफामै खाउ, गुफामै रमाउ भन्ने नाराका साथ तिजेको अवसरमा महोत्सव आयोजन गर्न लागेको लोमान्थाङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुशिलकुमार अर्यालले जानकारी दिए ।

उनले महोत्सवमा याक सवार कोराला नाका भ्रमणको अवसर, गुफामा बस्ने खाने अवसर, सास्कृतिक कार्यक्रम, खेलकुदमा रमाउने पाइने उनले बताए । महोत्सवमा घोडा दौड प्रतियोगिता, होर्तो प्रतियोगिता, तिर हान्ने प्रतियोगिता, स्थानीय खाना उत्सव लगातका कार्यक्रमहरु मौलिक रुपमै गरिने उनले बताए ।

महोत्सव सम्पन्न गर्न करिब १८ लाख खर्च हुने र तीन दिने महोत्सवमा २० हजारले अवलोकन र करिब २ करोडको कारोबार हुने आयोजको अनुमान छ ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले महोत्सवले आन्तरिक र बाह्य पर्यटक भित्राउन, पर्यटकको बसाई लम्बाउन, गाउँ गाउँ सम्म पर्यटक लैजान महोत्सव सहयोगि बन्ने बताए ।
उनले गण्डकी प्रदेशको आन्तरिक भ्रमर्ण वर्ष २०१९ र संघिय सरकारको नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्नमा सहयोगि हुने बताए ।

महोत्सव सफल पार्न लोमान्थाङ गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टको संयोजकत्वमा २५ सदस्य महोत्सव मुल आयोजक समिति गठन गरेको बताए ।

कमेन्टहरु
Loading...