काठमाडौं जादै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौं, ५ जेठ/ काकडभिट्टाबाट काठमाडौंका लागि जादै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

धादिङको गल्छी गाउँपालिकाको वडा नम्बरको आदमघाटमा आइतबार बिहान बस त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङले बस त्रिशुलीमा खसेको बताए पनि बसमा कति यात्रु थिए भन्ने बारेमा जानकारी दिन सकेन । प्रहरी घटनास्थलमा पुगेका विस्तृत विवरण आउन बाकि रहेको जनाको छ ।

कमेन्टहरु
Loading...