कर्मचारी सरुवामा ठुलै ‘पैसाको चलखेल’

काठमाडौ, १ असोज/झन्डै एक महिनाको कसरतपछि सरकारले शुक्रबार गरेको सयौं कर्मचारीको सरूवा विवादमा परेको छ ।

सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ । त्यसका लागि कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयमै गएर सचिव पूर्णचन्द्र भट्टराईलाई घेराउ गरेका थिए ।

सरकारले शुक्रबा र७ सय ९२ जना कर्मचारीको सरुवा गरेको हो । भदौ मसान्तसम्म अन्तर मन्त्रालय कर्मचारी सरूवा गर्नुपर्ने निजामति सेवा नियमावलीको संशोधित प्रावधान अनुसार सामान्य प्रशासन मन्त्रालयले सयौंको संख्यामा कर्मचारी सरूवा गरेको आजको नेपाल समाचारपत्रमा समाचार छ ।

अधिकांश कर्मचारीले भीडभाडसँगै अतिरिक्त कमाइ हुने, पदीय पहुँच र प्रभाव देखाउन पाउने र बजेट परिचालन गर्न पाउने मालदार मन्त्रालय र निकायमा सरूवा हुन सामान्य मन्त्रालयमा प्रयास गरेका थिए । सोही अनुसार राजनीति आस्था, पहुँच र प्रभावका भरमा सयौ कर्मचारीको सरूवा गरिएको कर्मचारी वृत्तमा चर्चा छ ।

कमेन्टहरु
Loading...