प्रकाश अर्याल प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं, २८चैत /नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल नियुक्त भ​एका छन् ।सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले डिआइजी अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । प्रहरी नियमावली अनुसार कार्यसम्पादनमा सबैभन्दा बढी अंक पाउनेलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सर्वोच्चले आदेश दिएको २० दिनपछि मन्त्रीपरिषद बैठकले अर्याललाई आइजिपीमा नियुक्ति गरेको हो ।

यसअघि सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई फागुन १ गते आइजिपीमा सिफारिस गरेको थियो ।त्यसै दिन आइजिपीका प्रत्यासी डिआइजी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले सरकारको सिफारिस तत्काल कार्यान्वयनमा रोक लगाएको थियो । फागुन १८ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

चैत ८ गते सर्वोच्चको पूर्ण इजलासले प्रहरी नियमावलीको नियम ४१ अनुसार योग्य तथा बढी अंक पाउनेलाई आइजिपी नियुक्त गर्न भन्दै चन्दलाई सरकारले आइजिपीमा नियुक्त गर्न दिएको सिफारिस खारेज गरेको थियो । अदालतको परमादेशलाई विचार गर्दै डिआइजीहरू मध्ये बढी अंक पाउनेलाई सरकारले आइजिपी नियुक्त गरेको जनाएको छ । मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्तिका लागि चार जना डिआइजीहरूको कार्यसम्पादन मूल्यांकन पेश गर्न कमिटी गठन गरेको थियो । कार्यसम्पादन मूल्याङ्कनमा डिआइजी अर्याल पहिलो नम्बरमा देखिएपछि आइजिपीमा नियुक्त गरिएको हो ।

यस्तो छ आइजिपी अर्यालेको विगत

दाङमा जन्मिएका प्रकाश अर्याल २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।यसअघि ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी समालेका अर्याल अहिले सिआइडी प्रमुख छन् ।ट्राफिक प्रहरी महशाखामा रहेका बेला ट्राफिक क्षेत्रमा नयाँ नयाँ काम गरेर उनि चर्चामा रहेका थिए । 

लेन मिच्नेलाई कारबाही गर्ने, गोप्रोबाट ट्राफिक नियममा कडाइ गर्ने देखि गाडीबाट जथाभावी थुक्ने तथा फोहोर फाल्ने र मालबाहक गाडीलाई अफिस समयमा चक्रपथ भित्र छिर्न नदिएर चर्चा कमाएका छन्। अर्याल प्रशासनिक योजना बनाउन निकै सिपालु मानिन्छन् ।उनि बौद्धिक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । स्नातक तह अध्ययन गरेका अर्यालले रुपन्देह, सिआइबी, ट्राफिक प्रहरी महाशाखालगायतको प्रमुख भएर काम गरिसकेका छन् ।अर्याल प्रहरीका पूर्व महानिरीक्षक मोतिलाल बोहराका ज्वाईं पनि हुन् । 

कमेन्टहरु
Loading...