नेपाली काँग्रेस कास्कीको जनजागरण जारी

पोखरा, २७ भदौ / राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ मा जनजागरण अभियान तीव्र पारेको छ ।

क्षेत्र नं १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रका वडा/वडामा चरणवद्व रुपमा जनजागरण अभियान अन्तर्गत सभा, अन्तक्र्रिया र संवाद गरिएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

काँग्रेस पोखरा १० मा आयोजित सभा गण्डकी प्रदेशसभा सदस्य सरीता गुरुङको प्रमुख आतिथ्यमा भएको छ । कार्यक्रममा नेता यज्ञबहादुर थापा, कास्की सचिव देवेन्द्र रानाभाट, क्षेत्र नं १ का क्षेत्रीय सभापति बिर्जमान गुरुङ, १(ख) का सभापति कृष्ण कोइराला, नेतृ सरस्वती गुरुङ, पोखरा सभापति बजिरमान श्रेष्ठ, जिल्ला सदस्य अनिता तिमिल्सिना, पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङ लगायतले बोेलेका थिए ।

नेपाली काँग्रेस वडा कार्य समिति पोखरा १० का सभापति राजेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव निर्मला कार्कीले सञ्चालन गरेकी थिइन् । उता पोखरा ३२, रुपा गाउँपालिका २ र ३ मा पनि सभा तथा अन्तक्र्रिया गरिएको क्षेत्र नं १(क) का सभापति शरदराज सुवेदीले जानकारी दिए ।

दुवै कार्यक्रम केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारीको प्रमुख आतिथ्यमा भएको थियो । छुट्टाछुट्टै कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, महाधिवेशन प्रतिनिधि गिरिराज गौतम, जिल्ला सदस्य रामबाबु भण्डारी, नारायणकुमार श्रेष्ठ, क्षेत्रीय सचिव प्रेमकुमार श्रेष्ठ, नेता प्रकाशमोहन खनाल, गिमाया गुरुङ, भुला केसी, जानुका गिरी, टेकनाथ पन्थि, दीपक परियार, राजनशेन ठकुरी, बाबुराम ओझा, सुमन गुरुङ लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...