घाचोकमा काँग्रेसको आमसभा

पोखरा, २४ चैत। नेपाली काँग्रेस माछापूच्छ«े गाउँपालिका वडा नं १ ले बिहीबार घाचोकमा आमसभा गरेको छ। आमसभामा जिल्ला तथा स्थानीय नेता तथा कार्यकर्ता सहभागि थिए। आमसभाको उद्घाटनगर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले जनताको आवश्यकता नै काँग्रेसको प्राथमिकता भएको बताउनु्भयो।

उहाँले काँग्रेसले एउटा पार्टी जस्तो भएर मात्र काम नगर्नेभन्दै सवैको साझा भएको उल्लेख गर्नुभयो। कास्की काँग्रेसका जिल्ला सदस्यद्वय भोजबहादुर गुरुङ‘सिकन्दर’ र नवीन सिग्देलले काँग्रेस जागेपछि कसैको केहि नलाग्ने बताउनुभयो। नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले काँग्रेसप्रति जनलहर बढिरहेकोभन्दै तीन वटै निर्वाचनमा विजयी हुने दावी गर्नुभयो।

कार्यक्रममा भूपू सैनिक संघका केन्द्रीय सदस्य खम्बासिंह गुरुङ, नेपाल महिला संघ क्षेत्र नं ४ की सभापति खिमकुमारी गुरुङ, सचिव टेकनशुबा गुरुङ, विद्यार्थी नेता तारा अधिकारी, नेपाली काँग्रेस घाचोकका उपसभापति दुर्गाबहादुर गुरुङ, क्षेत्रीय प्रतिनिधि भेषबहादुर गुरुङ, नेपाल तरुण दल माछापूच्छ«े गाउँपालिकाका सभापति लक्ष्य गुरुङ , नवप्रवेशीको तर्फबाट डमराज पुन र नेत्रबहादुर मगरले बोल्नु भएको थियो।

नेपाली काँग्रेस इकाई सभापति भिमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपसभापति क्या निरप्रसाद गुरुङले स्वागत र सचिव सरोजकुमार गुरुङले सञ्चालन गर्नु भएको थियो।

कमेन्टहरु
Loading...