बोलबम प्रचार गर्न मोटरसाइकल ¥याली

पोखरा, ३१ असार/केदारेश्वर महादेवमणि सेवाश्रम समिति बैदाम, पोखराको आयोजनामा शनिबार पोखरामा बोलबम प्रचारका लागि मोटरसाइकल प्रदर्शन हुने भएको छ ।

बैदामस्थित मन्दिर मूलगेटबाट शनिबार बिहान ७ बजे सुरु हुने ¥याली हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, विन्ध्यबासिनी, बगर, महेन्द्रपुल, पृथ्वीचोक, बिरौटा, राष्ट्रबैकचोक हुँदै मन्दिर परिसरमा पुगेर समापन हुने मोटरसाइकल ¥याली संयोजक खिमबहादुर पहारीले जानकारी दिए ।

उनका अनुसार ¥यालीका सहभागीले बोलबमको नारा घन्काउँदै बजार परिक्रमा गर्नेछन् । आयोजकले साउन सोमबार हुने बोलबम जलयात्रालाई सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्णलाई आग्रह गरेको छ ।

बोलबमको ध्वनीले शान्ति पाउन साराले भन्ने मूलनाराका साथ सोमबारदेखि पोखरामा बोलबम कार्यक्रम हुँदैछ । कार्यक्रम साउनका पाँच वटै सोमबार चल्ने बोलबम संयोजक शंकर खरालले बताए । यसपालि साउन ३, १०, १७, २४ र ३१ मा सोमबार परेको छ ।

कमेन्टहरु
Loading...