चरित्रहत्या गरिएकोप्रति बरालको आपत्ति

पोखरा, २५ चैत/ नेपाल तरुण दल वडा इकाइ समिति पोखरा–१३ का सचिव भुवन बरालले बिहीबार प्रेश विज्ञप्ति प्रकाशित गरी आफ्नो चरित्रहत्या हुने गरी नेकपा एमालेले गरेको प्रचारप्रति गम्भिर आपत्ति जनाएका छन्।

नेकपा एमाले वडा कमिटी १३ ले बुधबार आयोजना गरेको कार्यक्रममा आफुलाई युवाहरुका लागि प्रेरित गरी केहि बोलिदिन आग्रहगर्दै मञ्च दिएपछि आफ्ना भनाई राख्दा एकाएक पार्टी प्रवेश गरेकोभन्दै प्रचार गरिएकोमा आपत्ति जनाएका हुन्।

म राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति पूर्ण कटिबद्व रहदै विगत लामो समयदेखि मुलुकको ठूलो पार्टी काँग्रेसमा आवद्व रहदै आएको व्यक्ति हँु उनले विज्ञप्तिमा भनेका छन् – ‘यतिवेला नेपाल तरुण दल वडा इकाइ समिति पोखरा १३ को सचिव जस्तो गरिमामय पदमा रहदै काँग्रेसको विकास र विस्तारका लागि समर्पित छु।’

निर्वाचनको मुखैमा आएर म र युवाहरुको ढुकढुकी बनिरहेको तरुण दल जस्तो प्रतिष्ठित र मर्यादीत संस्थालाई आच पु¥याउँन खोज्ने एमाले रवैयाले उसको निर्वाचन हार्ने त्रसित मानसिकता छर्लङग भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।

कमेन्टहरु
Loading...