वातावरण मैत्री सहर बनाउँछौं ः जिसी

पोखरा, २७ वैशाख/स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा मत माग्न नेकपा एमालेका उम्मेदवार यति बेला, घरदैलो, चुनावी सभामा व्यस्त छन् । पोखरामहानगर पालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा उम्मेद्वारसहित नेता कार्यकर्ता सक्रिय रुपमा जनता समक्ष मत माग्न पुगेका छन् । विभिन्न वडाले घरदैलो, ¥याली, कोण सभा गरिरहेका छन् भने मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ चुनावी तालिका बनाएर भोट माग्न व्यस्त छन् । बुधबार उनीहरूले वडा नम्बर ६, २०, २२ र २३ नम्बर वडामा पुगेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले पोखरालाई वातावरण मैत्री सहरका रुपमा विकास गरेर धुवा धुलो र मास्करहित सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हरियालीलाई प्रवद्र्धन र प्रदुर्षण मुक्त सहर बनाउने यनोजा ल्याउँछौ,’ उनले भने,‘स्वच्छ, सुन्दर र सफा महानगर बनेपछि कसैले पनि मुखका मास्क लगाएर हिड्न पर्दैैन । ’ उनले महानगर भित्र निस्कने फोहोरलाई पनि उचित व्यवस्थापन गर्ने बताए ।

‘फोहोरलाई रिसाइकलिङ(पुन प्रयोग गर्ने ) प्रविधि ल्याएर नमुना महानगर बनाउने योजना छ,’ उनले भने,‘ वातावरण मैत्री सहर बनाउन एक घर दुई रुख भन्ने नीतिलाई कडाइ गरिने छ । ’ महानगरवासीको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ छ । जिसीले भौगौलिक हिसावले देशकै सबैभन्दा ठूलो महानगरमा समानुपातिक विकास योजना बनाएर काम गर्ने बताए । ‘पोखरालाई पर्यटन, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको प्रमुख केन्द्रको रुपमा विकास गर्नुेतर्फ अर्जुनदृष्टि लगाएर काम गर्छु,’ उनले भने,‘ इगभर्नेस सेवासहितको सूचना प्रविधिमा आधारित स्मार्ट सहर बनाउने छाड्ने अठोट लिएको छु ’ ।

उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले आम मतदाताको सुुझावलाई समेट्दै पोखराको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन काम गर्ने बताइन् । उनले पोखराका सबै वडामा नियमित रुपमा सवारी सधान सञ्चालन गर्न मिल्ने गरी सडक सञ्जालले जोड्नतर्फ प्राथमिकता दिने बताइन् । नेकपा एमालेले अघि सारेको समृद्ध देश र सुखी जनताको नारालाई साकार पार्न मतदाताले आफूलाई मतदान गर्ने विश्वास उनको छ । गुरुङले नागरिकलाई क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने योजना एमालेसँग रहेको बताइन् ।

उनले भनिन्, ‘वेरोजगारलाई भत्ता उपलब्ध गराई समृद्ध र समुन्नत सहर बनाउन लागि पर्नेछु ।’ गुरुङले सिंह दरवारको अधिकार नगर र गाउँमा आएकोले विकास निर्माण र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न एमालेलाई जिताउन आग्रह गरिन् । घरदैलो तथा चुनावी सभामा वडा नम्बर ६ हेमकुमार श्रेष्ठ, २० का अध्यक्ष सीम गुरुङ, २२ अध्यक्ष मित्रलाल बराल, २३ दामबहादुर विकले वडाको विकासमा लागि पर्ने प्रतिबद्धा व्यक्त गरेका थिए ।

चर्चित दोहोरी गायक प्रजापति पराजुलीसहित तारापति सुवेदी, जीवन दाहाल, कृष्ण भण्डारी, लक्ष्मी नेपाली, श्रीराम अधिकारी, जमुना देवकोटा, पवित्रा गुरुङ, नारायण सुनार र ओम गुरुङले गीतमार्फत् एमालेलाई मतदान गर्न आव्हान गरेका थिए । जिसी र गुरुङ बिहीबार वडा नम्बर ३२, ३३, २१, १७ र १५ नम्बर वडामा चुनावी सभा र घरदैलोमा सहभागी हुनेछन् ।

कमेन्टहरु
Loading...