पोखरा, २२ चैत्र । आगमी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागी यति बेला बिभिन्न पार्टीबाट बिभिन्न पदका आकांक्षी उमेदवारहरु सार्बजनीक हुने क्रम सुरु भएको छ । यसै क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ मा नेपाली कांग्रेसको तर्फ बाट यूवा नेता एवं समाजसेवी ठाकुर बराल वडाध्यक्षको आकांक्षी देखिएका छन् ।
स्कूले जिवन बाट नै लामो समय देखि राजनितीमा क्रियाशिल रहेका बराल पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय देखिन्छन् । राजनितीमा यूवाको भुमिका हुनु पर्ने र आफ्नो गाउंठाउंको विकास आफै गर्नु पर्छ भन्ने कुराबाट प्रेरीत भई आगमी चुनाबमा उठ्ने संकेत गरेका छन् । ईतिहासको निरन्तरता होईन विकासका लागि यूवाको भुमिका आबश्यक रहेको भन्दै उनले उमेदवारी दिने संकेत गरेका हुन् ।
आफु वडा अध्यक्षमा निर्वाचित भएर आए सुन्दरनगरी पोखराको महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा पोखरा लेखनाथ महानगरपालिका २२ लाई परीचित गराउने, पुम्दी भुम्दीकोट भित्र रेहेको करिव पचास किलोमिटर कच्ची सडकलाई पक्की बनाउन पहल गर्ने, पुम्दीकोटलाई पनि भुम्दकिोट सरह पर्यटकीय गन्तब्यको रुपमा परिचित बनाउने, गाउंमा पनि शहरी क्षेत्रमा जस्तै ईन्टरनेट र स्वास्थ्य सेवाको सुबिधा उपलब्ध गराउनुको साथै भुम्दीकोटमा अबस्थित बारही तालको संरक्षण गर्ने लगायतका योजना रहेकोे बताएका छन् ।