अञ्जुली आवासीय माविमा निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा, २४ चैत/ अञ्जुली आवासीय माध्यामिक विद्यालय पोखरा लेखनाथ महानगर पालिका–१ पुरानो टुँडिखेलको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण भएका छ। पश्चिमाञ्चल स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान पोखरा तथा डक्टर्स डेन्टल क्लिनिक न्यूरोड पोखराको प्राविधिक सहयोगमा भएको परीक्षण कार्यक्रममा विद्यालयका अभिभावक र त्यस क्षेत्रका वासिन्दा लाभान्वित भएका थिए। स्वास्थ्य परीक्षणमा दुई सय ५० जना स्वास्थ्य जाँच गराएका थिए।

स्वास्थ्य परीक्षणमा डा शैलेश गुरुङ, डा विधान घिमिरे, डा नवराज लम्डारी, डा गोविन्द पाण्डे, डा गणेश थापा, डा अर्जुन भण्डारी, डा अमृत केसी, दन्तरोग विशेषज्ञ गणेश गिरीले परीक्षण गरेका थिए। परीक्षणमा तथा प्राविधिक सहयोगिमा सलिना कुँवर, सोनी गुरुङ, सोनम वस्नेत, प्रतिभासिंह भण्डारी रोशनी गुरुङले सहयोग पु¥याएका थिए। परीक्षमा दन्तरोग, बालरोग, मधुमहे, पेट छात तथा मुटु रोगको परीक्षण गरिएको विद्यालयका संस्थापक निर्देशक राजु केसीले जानकारी दिए।

‘विद्यालयको २५ औ वर्षगाठको पूर्व सन्ध्या पारेर परीक्षण कार्यक्रम आयोजना गरेका हौ’–विद्यालयका संस्थापक निर्देशक केसीले भने–‘सामाजिक उत्तरदायित्वलाई पनि मध्यनजर गर्दै विद्यालयले विभिन्न समयमा सामाजिक कार्यक्रम पनि गर्दै आएको छ। स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन पश्चिमाञ्चल स्वास्थय विज्ञान प्रतिष्ठान पोखराका फिजिसयन डा शैलेश गुरुङले गरेका थिए। उनले विद्यालयले गरेको काम प्रशंशनिय भएको बताउदै आगमि दिनमा पनि सामाजिक कार्यक्रममा सक्रिय रहन आग्रह गरे।

डा गोविन्द पाण्डे शरिर स्वस्थ राख्नका लागि वर्षको चार पटक स्वास्थ्य परीक्षण गर्नु पर्ने बताउदै विद्यालयले गरेको परीक्षण यहाँका वासिन्दालाई फलदायि भएको उल्लेख गरे। स्वास्थ्य परीक्षका कार्यक्रम संयोजक विक्रम केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक राजु केसीले स्वागत र विद्यालयका शिक्षक प्रेमनारायण ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...