तनहुँ सवारी दुर्घटनामा पोखराका २ जना घाईते

पोखरा, २४ जेठ/बन्दिपुर नगरपालिका ५ गोरे चौतारा स्थित सवारी दुर्घटना हुदा दुई जना घाइते भएका छन् ।

ना ६ ख ४६५२ नम्बरको ट्रकले ग ६ प १६८३ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटर साइकल चालक पोखरा उपमहानगरपालिका २० भलामका २० वर्षिय सचिन गौतम र पछाडी सवार जिल्ला चितवन जगतपुर बस्ने २४ वर्षका किशोर दराई घाईते भएका छन् ।

दुवै घाईतेको लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात थप उपचारको लागि दुबै घाईतेलाई न्युरो अस्पताल काठमाण्डौ रिफर गरेको प्रहरीले जानकारी दिएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...