आतंककारी आक्रमणमा सांसद सहित ११ जनाको मृत्यु

भारत, ८ जेठ/भारतमा आतंककारी आक्रमणमा परि एक सांसद सहित ११ जनाको ज्यान गएको छ । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको आतंककारी आक्रमणमा नेश्नल पिपुल्स पार्टीका सांसद तिरोंगो अबो सहित ११ जनाको ज्यान गएको हो । यो हमलामा ५६ वर्षीय सांसद अबो सहित उनका छोराको पनि ज्यान गएको जनाईएको छ ।

हमलामा २ जना गम्भीर घाइते भएका छन । अरुणाञ्चल प्रहरीले यो घटनाको पुष्टि गरेको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा तिरोंगो अबो आफ्ना परिवारका साथ असमबाट अरुणाञ्चल गइरहेको उल्लेख गरिएको छ ।चार ओटा गाडीमा सुरक्षा व्यवस्था समेत सांसद अबो अरुणाञ्चल गइरहेका थिए ।

खोनसा–देओमाली सडक खण्डमा बन्दुकधारी आक्रमणकारीले उनीमाथि हमला गरेका थिए । हमलामा सुरक्षाबलका दुईजना सुरक्षाकर्मीको पनि ज्यान गएको छ । यो हमला कसले गरेको भन्ने बारेमा अहिलेसम्म प्रहरीले केही जानकारी दिएको छैन ।

कमेन्टहरु
Loading...